कोरोना संक्रमितको अवस्थाअनुसार अस्पताललाई अनुदान « Khabarhub

कोरोना संक्रमितको अवस्थाअनुसार अस्पताललाई अनुदान


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोनाका बिरामीको उपचार गर्ने अस्पतालहरुले बिरामीको स्वास्थ्य अवस्थाका आधारमा उपचार बापतको अनुदान रकम पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको कोरोना भाइरस संक्रमणको उपचार बापत अस्पतालाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश, २०७७ लाई संशोधन गर्न बनेको आदेशमा बिरामीको स्वास्थ्य अवस्थाका आधारमा अस्पतालले अनुदान रकम पाउने उल्लेख गरिएको छ ।

उक्त आदेश मन्त्रिपरिषदले गत असार १५ गते स्वीकृत गरेको हो ।

आदेशमा उल्लेख भएअनुसार लक्षण नभएका वा सामान्य लक्षण भएका बिरामी होम आइसोलेसनमा रहेको अवस्थामा स्वास्थ्यकर्मीले क्लिनिकल निगरानी गरेबापत प्रति संक्रमित २०० रुपैयाँ पाउने छन् ।

यस्तै लक्षण नभएका वा समान्य लक्षण भएर आइसोलेसन केन्द्रमा रहेका संक्रमित हेरेबापत २ हजार रुपैयाँ उपलब्ध गराइने छ ।

यस्तै सामान्य लक्षण भएर अस्पतालमा उपचारत कोरोना संक्रमित हेरेबापत प्रति संक्रमित ३ हजार ५ सय उपलब्ध गराइने छ । यस्तै मध्यम जटिल बिरामी अस्पतालमा भएमा ती बिरामीको उपचार गरेबापत ७ हजार उपलब्ध गराइने जनाइएको छ ।

यस्तै जटिल र क्रिटिकल बिरामी अस्पतालमा भर्ना भएर उपचारत भएका १५ हजार उपलब्ध गराइने उक्त आदेशमा उल्लेख छ ।

आदेशमा उल्लेख भएअनुसार कोभिड १९ शंकास्पद तथा संक्रमित व्यक्तिलाई उपचार गरे बापतको रकम अस्पताल, तथा आइसोलेसन सेन्टरलाई उपलब्ध गराइने छ ।

यस्तै होम आइसोलेसनमा बस्ने बिरामीहरुको क्लिनिकल निगरानी गर्दा लाग्ने रकम सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराइने जनाइएको छ ।

यस्तो छ अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ५ : १० बजे

नेपालमा पश्चिम एसिया द्वन्द्वको बहुआयामिक प्रभाव, आपतकालीन तयारीमा ढिलो नगरोस् सरकारले

काठमाडौं– पश्चिम एसियामा देखिएको द्वन्द्वले नेपालमा ठूलो नकारात्मक असर पर्ने

लुम्बिनी प्रदेशसभा : बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरताका मुद्दा उठान

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको नवौँ बैठकमा बोल्ने

शुक्लाफाँटामा पुरिँदै प्राकृतिक ताल

महेन्द्रनगर– विश्वमै दुर्लभ मध्येको एक जनावर बाह्रसिंगाको झुण्ड देख्न पाइने

अर्थसंक्षेप : चार किमी सडक कालोपत्रे गर्नै पाँच वर्ष, नेप्से परिसूचक ४८ अंकले बढ्यो र छापिँदैछन् दैनिक ४० हजार लाइसेन्स

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै राष्ट्रिय तथ्याङ्क कार्यालयले

बुढीगण्डकी आयोजनाबारे सभामुख अर्यालको चासो

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो