कोरोना परीक्षण गराउन आउनू भन्ने म्यासेज आएको छ ? सावधान ! « Khabarhub

कोरोना परीक्षण गराउन आउनू भन्ने म्यासेज आएको छ ? सावधान !



काठमाडौं– कतै तपाईंको मोबाइल फोनमा ‘तपाईं कोरोना पोजेटिभ भएको व्यक्तिसँग सम्पर्कमा आउनु भएकाले परीक्षणका लागि आउनुहोला’ भन्ने म्यासेज आएको त छैन ?

आएको छ भने सावधान हुनुहोस् । कुनै ठगले तपाईंलाई निशाना बनाएको हुनसक्छ ।

अहिले कोरोना भाइरसको संक्रमण फैलिएको मौका छोपेर ठगहरू सल्बलाउन थालेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का अनुसार केही दिनदेखि मोबाइलमा यस्तो म्यासेज पठाएर ठगहरूले धन्दा सुरु गरेका छन् ।

सीआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेका अनुसार, विभिन्न एप्स प्रयोग गरी मोबाइल फोनमा तपाईंलाई ‘कोरोना पोजेटिभ भएकाले परीक्षण गर्न आउनुहोला नत्र १५ हजार ५५० रुपैयाँ जरिवान गरिने छ’ भन्ने सूचना एसएमएसबाट पठाएको उजुरी परेपछि ठगी धन्दाको रहस्य खुलेको हो ।

कस्तो आउँछ एसएमएस ?

सीआइबीमा पुगेको उजुरी अनुसार विभिन्न व्यक्तिको मोबाइलमा ‘हाम्रो रेकर्ड अनुसार तपाईं कोरोना पोजेटिभ भएको व्यक्तिसँग सम्पर्कमा आउनु भएकाले तपाईं आफैँलाई क्वारेन्टिन गर्न हुन र परिवारका सदस्यहरू तथा साथीहरूसँग सामाजिक दूरी कायम राख्न अनुरोध गरिएको छ ।

कृपया पीसीआर परीक्षणको लागि निर्धारित समय र स्थानमा उपस्थित हुनुहोला । तपाईंको उपस्थिति अनिवार्य छ अन्यथा रु. १५,५५० जरिवाना गरिनेछ ।’ भन्ने म्यासेज आएको पाइएको छ ।

यस्तो म्यासेज आएको भन्दै उजुरी परेपछि सीआइबीले गरेको अनुसन्धानबाट यो एसएमएस ठगीधन्दा भएको खुलेको हो । ब्यूरोका प्रवक्ता एसपी पाण्डेका अनुसार, यस्ता एसएमएस व्यक्तिबाट व्यक्तिको मोबाइलमा नभएर एप्सको प्रयोग गरी पठाउने गरेको भेटिएको छ । यस्तो एसएमएस अंग्रेजी भाषमा आएको आएको पाइएको छ ।

यस्तो एसएमस आए के गर्ने ?

सीआइबीका प्रवक्ता पाण्डेका अनुसार यस्तो एसएमएसबाट ठगी हुनसक्ने भएकाले बेवास्ता गर्नुपर्छ ।

आफ्नो विवरण पठाउन हुँदैन । एसएमएस मार्फतप्राप्त लिंकहरू क्लिक गर्नु हुँदैन र निरन्तर एसएमएस आएमा प्रहरीमा उजुरी गर्नुपर्छ ।

ब्यूरोले यस्ता म्यासेज ठगी गर्ने र झुक्याउने आपराधिक मनोवृत्तिका व्यक्तिले हानीनोक्सानी पु¥याउने सक्नेतर्फ मोबाइल फोन प्रयोगकर्तालाई सतर्क रहन भनेको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ६ : ५२ बजे

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाए सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध