राम भारतीय होइनन्, अयोध्या ठोरीमा छ : प्रधानमन्त्री ओली « Khabarhub

राम भारतीय होइनन्, अयोध्या ठोरीमा छ : प्रधानमन्त्री ओली


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् ।

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा बोल्दै उनले भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको बताए ।

उनले भने, ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ । तथ्यहरूमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौँ हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले ।’

उनले अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको गाउँ भएको बताए ।  अहिले खडा गरिएको अयोध्या नक्कली भएको बताए ।

उनले भने, ‘अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मिकी आश्रम यही (नेपालमा), र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डित जी रिडीका । त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन् ।’

प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञान र अनेक कुराको सुरुवात र विकास नेपालमा भएको भए पनि त्यो शृंखलाले निरन्तरता पाउन नसकेको बताए।

२०७औ भानुजयन्ती विशेष समारोहमा उनले सफल काब्यको माध्यमबाट राष्ट्रिय एकता भाषिक र भावनात्मक एकता कायम गर्न सफल भएको विचार व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले नेपाली भाषा साहित्यको सम्बर्द्धन प्रवर्द्धन र निरन्तर विकासका लागि प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ८ : २७ बजे

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व