विश्वमै पहिलो पटक बनाइएको कोरोना भ्याक्सिनको विश्वसनियतामा शंका गरिएपछि रूसले गर्‍यो खण्डन « Khabarhub

विश्वमै पहिलो पटक बनाइएको कोरोना भ्याक्सिनको विश्वसनियतामा शंका गरिएपछि रूसले गर्‍यो खण्डन


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुसले आफूले निर्माण गरेको कोरोना भ्याक्सिनको विश्वसनियतामा गरिएको अन्तर्राष्ट्रिय शंका र चिन्ता ‘पूर्ण निराधार’ भन्दै खण्डन गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनापछि विश्वमै पहिलो पटक रूसले तयार पारेको कोरोना भाइरसविरूद्धको खोपको माग उच्च भइरहेका बेला त्यसमा गरिएको आशंकाको रूसले खण्डन गरेको हो ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोनाविरुद्ध संसारको पहिलो खोप ‘स्पुतनिक भी’ सफल परीक्षण भएर मान्यता दिइएको उल्लेख गरेलगत्तै विश्वका विभिन्न मुलुकहरुले भ्याक्सिनको मागसमेत गरिसकेका छन् ।

रूसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त खोप रूसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीमासमेत प्रयोग गरिएको छ ।

पुटिनले खोपको सफल परीक्षण भइसकेको र कोरोनाविरुद्ध लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता पनि विकास गरेको उल्लेख गरेका छन् ।

उक्त खोप एडिनोभाइरससँग आधार भएर तयार गरिएको र खोपमा कोभिड-१९का मृत तत्व रहेको र यिनीहरु वृद्धि हुन नसक्‍ने गामालिया रिसर्च सेन्टरका प्रमुख एलेक्जेन्टर गिन्चबर्गले बताएका छन् ।

तर, विज्ञहरुले भने रूसको उक्त दाबीमाथि शंका गर्दै आइरहेका छन् । विशेषगरी जर्मनी, फ्रान्स, स्पेन र अमेरिकाका वैज्ञानिकहरुले रूसको दाबीप्रति शंका गर्दै सतर्क रहन भनेका छन् ।

बुधबार रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले रुसी समाचार एजेन्सी इन्टरफ्याक्ससँग भने, ‘यस्तो लाग्छ कि हाम्रा विदेशी साथीहरुले रुसी चिकित्सा प्रतिस्पर्धामा अगाडी बढ्न खोजेको आरोप लगाएका छन् र त्यसरी बुझेका छन्, जुन कुरा एकदमै निराधार हो ।’

उनका अनुसार अबको २ महिनामा चिकित्सकहरूमा पनि खोप लगाउन शुरू गरिनेछ । रुसी अधिकारीहरुका अनुसार अक्टोबरदेखि ठूलो संख्यामा खोप लगाउन सुरु गरिनेछ ।

तर, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भने क्लिनिकल टेस्टको तेस्रो चरणमा पुगेका भनेको ६ वटा खोपमा रूसले तयार पारेको भनेर दाबी गरेको खोप नपरेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ६ : ४१ बजे

जलवायु परिवर्तनसँग जुध्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड

काठमाडौँ – वातावरणीय प्रभावका असर नेपालमा द्रुतगतिमा देखिन थालेको भन्दै

‘सरकारले अपाङ्गता भएकाहरुलाई उपेक्षा गरेको गुनासो’

काठमाडौँ – स्पाइनल इन्जरी अर्थात मेरूदण्डको पक्षघात पीडितहरुले सरकारले आफूहरुलाई

इटहरी गोल्डकप : चर्च ब्याइज युनाइटेड काठमाडौँ फाइनलमा

काठमाडौँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण

स्ववियु निर्वाचन : ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा यही चैत ५ गते

खोलै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीयको विरोध

खोटाङ – हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट विद्युत् उत्पादन गर्ने