विश्वभर एकैदिन २ लाख ७५ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर एकैदिन २ लाख ७५ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनाभन्दा बढी हुँदा संक्रमितको संख्या २ करोड ७ लाख नाघेको छ ।

कोरोनाको महामारीले बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार ६९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड ७ लाख ८६ हजार ८५५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ६५१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ५१ हजार ५६० पुगेको छ ।

१ करोड ३६ लाख ८९ हजार ९७६ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ७ हजार १८९ जनाको मृत्यु भएको छ । ३१ लाख ६ हजार ५९ जना संक्रमित भएकोमा १८ लाख ६१ हजार ६२८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४० हजार २८३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६३ लाख ७ हजार ९२४ पुगेको छ । त्यसमध्ये ३४ लाख ३६ हजार ६८५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख १४ हजार १३७ जनाको मृत्यु भएको छ । ५३ लाख १ हजार २४३ जना संक्रमित भएकोमा ४० लाख ३४ हजार २८० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ६५ हजार २३६ जनाको मृत्यु भएको छ । ४९ लाख ६८ हजार ४१५ जना संक्रमित भएकोमा ३५ लाख ७० हजार २६१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २४ हजार ३२२ जनाको ज्यान गएको छ भने १० लाख ७८ हजार ३०१ संक्रमित छन् । संक्रमितमध्ये ७ लाख ७२ हजार ३६५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ३७८ जनाको मृत्यु भएको छ । २४ हजार १८२ जना संक्रमित भएकोमा १४ हजार १०६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ७ : १५ बजे

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ