विश्वभर एकैदिन २ लाख ७५ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर एकैदिन २ लाख ७५ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनाभन्दा बढी हुँदा संक्रमितको संख्या २ करोड ७ लाख नाघेको छ ।

कोरोनाको महामारीले बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार ६९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड ७ लाख ८६ हजार ८५५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ६५१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ५१ हजार ५६० पुगेको छ ।

१ करोड ३६ लाख ८९ हजार ९७६ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ७ हजार १८९ जनाको मृत्यु भएको छ । ३१ लाख ६ हजार ५९ जना संक्रमित भएकोमा १८ लाख ६१ हजार ६२८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४० हजार २८३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६३ लाख ७ हजार ९२४ पुगेको छ । त्यसमध्ये ३४ लाख ३६ हजार ६८५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख १४ हजार १३७ जनाको मृत्यु भएको छ । ५३ लाख १ हजार २४३ जना संक्रमित भएकोमा ४० लाख ३४ हजार २८० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ६५ हजार २३६ जनाको मृत्यु भएको छ । ४९ लाख ६८ हजार ४१५ जना संक्रमित भएकोमा ३५ लाख ७० हजार २६१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २४ हजार ३२२ जनाको ज्यान गएको छ भने १० लाख ७८ हजार ३०१ संक्रमित छन् । संक्रमितमध्ये ७ लाख ७२ हजार ३६५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ३७८ जनाको मृत्यु भएको छ । २४ हजार १८२ जना संक्रमित भएकोमा १४ हजार १०६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ७ : १५ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को