पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा बुधबार साँझ गरिएको कोरोना परीक्षणमा ७ देखि ६२ वर्ष उमेर समूहका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

१० महिलासहित ३५ जना संक्रमित भएकामा ३४ जना पर्सा र १ जना बाराका छन् । पर्साका ३४ जनामध्ये वीरगञ्ज महानगरपालिकाका ३२ जना र २ जना छिपहरमाई गाउँपालिकाका रहेको नयाराणी अस्पताल प्रशासनले जनाएको छ । बुधबारका अधिकांश संक्रमित कट्याक्ट ट्रेसिङ गर्दा फेला परेका थिए ।

थप ३५ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४४ पुगेको छ ।

संक्रमित हुनेमा ८० जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, ४ जना पत्रकार, ८३ कैदी, थुनुवा, २० जना अस्पताल सफाइकर्मी र १५ जना भारतीय नागरिक छन् ।

अहिलेसम्म  कोभिड-१९ को कारण पर्सामा मात्रै २२ जनाको मृत्यु भएको छ । २२ मध्ये ३ जना पर्साभन्दा बाहिरका हुन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ७ : ३३ बजे

सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं– प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा

आजको कार्टुन : विदेश पुगे पनि सुख छैन देउवालाई

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलन हुँदा

श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं– वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र

बिस्केट जात्रा सुरु हुँदै

काठमाडौं– आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं

स्वास्थ्य क्षेत्र सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई