ब्याडमिन्टनमा हिनामिना भएको भन्दै अख्तियारमा उजुरी, संघले बुझायो विवरण | Khabarhub Khabarhub

ब्याडमिन्टनमा हिनामिना भएको भन्दै अख्तियारमा उजुरी, संघले बुझायो विवरण


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले मोरङ जिल्ला ब्याडमिन्टन संघलाई पत्र काटेको छ ।

२०७५/०७६ मा मोरङ जिल्ला ब्याटमिन्टन संघलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यु–१७ जुनियर इन्टरनेसनल प्रेसिडेन्ट कप आयोजनाका लागि विनियोजन गरेको २० लाख रुपैयाँलाई लिएर अख्तियारले पत्र काटेको हो।

पत्रमा अख्तियारले राखेपको २० लाखसहित विभिन्न संघ संस्थाबाट उठाएको चन्दा समेतको हिनामिना भएको भन्दै उजुरी परेपछि राखेपलाई पत्राचार गर्दै संघबाट सबै हिसाबकिताब बुझी पठाउनु भन्ने उल्लेख गरेको छ ।

‘राखेपले मोरङ जिल्ला संघलाई के कति र कुन प्रयोजनका लागि बजेट दिइएको हो ?’ भन्दै अख्तियारले राखेपको नाममा पत्र काटेको थियो ।

उक्त प्रतियोगिता आयोजना गर्दा हिनामिना भएको र त्यसमा लवभक्त श्रेष्ठ सम्लग्न रहेको स्रोतको दाबी छ । श्रेष्ठ त्यतिबेला राखेपका कर्मचारी थिएसँगै मोरङ जिल्ला संघका सचिव र केन्द्रमा सह महासचिव छन् ।

हाल श्रेष्ठ राखेपबाट निवृतभरण पाइसकेका छन् । भने हिनामिनाको आरोप लागेका श्रेष्ठ यसलाई विरोधिहरुको कामका रुपमा अथ्र्याउँछन् ।

‘हामी काम गर्ने मान्छे हौं । काम नगर्नेहरुलाई हामीले गरेको काम मन परेन होला । त्यो प्रतियोगिताको अडिट रिर्पोट, महालेखापरिक्षण गरेको सबै अख्तीयारलाई पठाइसकेका छौं,’ श्रेष्ठले भने ।

‘हामीले उक्त पत्रको जवाफ फर्काएको १० दिन जति भयो,’ उनले भने ।

राखेपले बजेट विनियोजन गरेको प्रतियोगिता आयोजना गर्न २२ लाख खर्च भएको श्रेष्ठले बताएका छन् । जसमा लागि राखेपले दिएको २० मध्येबाट पाएको १७ लाख र स्थानीयको सहयोगबाट उठेको ६ लाख गरी प्रतियोगिता सम्पन्न गरेको उनी बताउँछन् ।

उक्त प्रतियोगिताको संयोजकको रुपमा काम गरेका विनोद डाँगी भन्छन्, ‘अतर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न राखेपको १७ लाखले पुग्ने थिएन । त्यसका लागि चन्दा संकलन गरिएको हो ।’

प्रतियोगिता जिल्ला खेलकुद परिषद्को कर्भडहलमा सफलता साथ सम्पन्न भएको तर, विरोधि पक्षले यसलाई पटक पटक विवादमा तान्ने काम गरेको उनी भन्छन् ।

त्यसको पछिल्लो वर्ष अर्थात् २०७६/०७७ मा पनि उक्त प्रतियोगिताका लागि राखेपले १० लाख पठाएको तर, विवाद हुन्छ भनेर आफुहरुले नगरेको जिल्ला संघका अध्यक्ष कौरव बस्नेतले बताएका छन्।

‘केही पैसा बचेको होला । हिनामिना भएको छैन,’ अध्यक्ष बस्नेतले भने, ‘ब्याडमिन्टनको जिल्लाको चुनाव असोजमा हुँदैछ ।’

अख्तियारमा पत्र पर्नलाइै आगामि चुनावका लागि लाइन बनाएको हुनसक्ने उनले बताएका छन् ।मोरङ जिल्ला संघको चुनावि साधारण सभा असोजमा हुने उनले बताएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ११ : ३६ बजे

नेपाल टेलिकमले ल्यायो जीएसएम पोस्टपेडमा सजिलो अनलिमिटेड प्याकेज, भोलिदेखि लागु हुने

काठमाडौं– नेपाल टेलिकमले जीएसएम पोस्टपेडमा दोहोरिने सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरेको छ

एमाले बैठकमा ‘सिंहदरबार संसद् भवन जलाउन प्रयोग भएको’ म्याग्नेशियम र सोडियमको चर्चा

काठमाडौं- नेकपा एमालेभित्रकै मानिसहरूलाई म्याग्नेशियम र सोडियमका रुपमा प्रयोग गरिएको

प्रचण्डको निष्कर्ष : यति धेरै धनजनको क्षति हुँदा पनि ओली पश्‍चाताप गर्न तयार भएको देखिएन

चितवन- नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु 

भद्रपुर– यहाँस्थित मेचिनगर नगरपालिका–१५ निलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा

निर्धारित समयमा निष्पक्ष निर्वाचन गर्नका लागि सरकार बनेको हो : गृहमन्त्री 

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निष्पक्ष निर्वाचन गर्नका लागि