नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुग्यो « Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुग्यो


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा विहीबार थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ थियो ।

सक्रिय संक्रमितको संख्या ८ हजार २५ छ ।

पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ८३७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ७२८ थियो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ४ : २६ बजे

खामेनीको अन्त्येष्टिअघि क्रान्तिकारी गार्ड प्रमुख वाहिदी सार्वजनिक

दुबई- इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शनिबारदेखि सुरु हुने अन्त्येष्‍टि

स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक संस्थालाई उपचार सेवा नरोक्न आग्रह 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन

ईपीएसमार्फत दक्षिण कोरिया जाने श्रमिकको भिसा शुल्कमा वृद्धि

काठमाडौं– कोरिया जाने श्रमिकको भिसा शुल्कमा वृद्धि भएको छ । श्रम

किएभमा रूसको भीषण आक्रमण : ३० जनाको मृत्यु, ९१ घाइते

काठमाडौं – युक्रेनको राजधानी किएभमा रूसले गरेको भीषण मिसाइल र

ट्राफिक उल्लङ्घनमा अब १ लाखसम्म जरिवाना, प्रस्तावित कानुनमाथि किन उठ्यो विरोध ?

काठमाडौं– नेपालमा ट्राफिक नियम उल्लंघन गर्दा लाग्ने जरिवाना अब एक्कासि