कोरोना संक्रमितको उपचारका लागि ९४२ आइसीयु, ४९६ भेन्टिलेटर : स्वास्थ्य मन्त्रालय « Khabarhub

कोरोना संक्रमितको उपचारका लागि ९४२ आइसीयु, ४९६ भेन्टिलेटर : स्वास्थ्य मन्त्रालय


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको उपचारका लागि देशभर ९ सय ४२ आइसीयु र ४ सय ९६ भेन्टिलेटर रहेको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमितको उपचारका लागि सो संख्यामा आइसीयू र भेन्टिलेटर व्यवस्था रहेको जानकारी दिएका हुन् ।

उनका अनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा ६ सय ३० आइसीयु र ३ सय ६१ भेन्टिलेटर छन्।

त्यस्तै गण्डकी प्रदेशमा १ सय ३७ आइसीयु र ५९ भेन्टिलेटर, प्रदेश २ मा ४५ आइसीयु र १७ भेन्टिलेटर, प्रदेश १ मा ४३ आइसीयु र १९ भेन्टिलेटर, कर्णाली प्रदेशमा ४० आइसीयु र १७ भेन्टिलेटर, प्रदेश ५ मा २९ आइसीयु र १३ भेन्टिलेटर र सुदूरपश्चिम प्रदेशमा १८ आइसीयु र १० भेन्टिलेटर रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । जसमध्ये १६ हजार ८३७ जना निको भएर घर फर्किएका छन् भने ९५ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या ८ हजार २५ छ भने १४ हजार ७६९ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ५ : ३३ बजे

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०

राष्ट्र बैंकबाट भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ– नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने