अष्ट्रेलियामा बेरोजगार संख्या थप बढ्यो « Khabarhub

अष्ट्रेलियामा बेरोजगार संख्या थप बढ्यो


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी – अष्ट्रेलियामा बेरोजगारको संख्या थप बढ्दै गएको देखिएको छ । पछिल्लो दुई महिना जुन र जुलाईमा १६ हजार जना अष्ट्रेलियाली नागरिक बेरोजगार थपिएका छन् ।

जुन र जुलाईको यो तथ्यांकसहित यहाँ बेरोजगारको संख्या करिब दश लाख पुगेको पनि प्राप्त समाचारमा जनाइएको छ । अष्ट्रेलियाको तथ्यांक विभागका प्रमुख बिजोर्न जेभिसले सो कुराको जानकारी दिएका हुन् ।

उनले बिहीबार दिनु भएको जानकारीअनुसार अष्ट्रेलियामा कोभिड १९ को सङ्क्रमणका कारणले पछिल्लो समयमा बेरोजगारहरुको संख्या बढ्दै गएको छ र पछिल्लो चरणमा यो समस्या झन् बढ्दो रुपमा रहेको छ ।

अष्ट्रेलियामा पहिलो पटक यति धेरै संख्यामा बेरोजगारहरुको संख्या देखिएको हो । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा विश्वकै महामारीका रुपमा कोरोना भाइरसलाई घोषणा गरेको थियो ।

विश्वमा दुई करोडभन्दा बढी नागरिक यस सङ्क्रमणबाट सङ्क्रमित भएका छन् भने सात लाखभन्दा बढीको ज्यान गइसकेको छ । यता अष्ट्रेलियामा भने यसबाट २२ हजार नागरिक सङ्क्रमित भएका छन् । त्यस्तै यहाँ ३६० भन्दा बढीको ज्यान गएको बताइएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ५ : ३९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले