शवबाट संक्रमण सर्दैन : स्वास्थ्य मन्त्रालय « Khabarhub

शवबाट संक्रमण सर्दैन : स्वास्थ्य मन्त्रालय


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत शरीरबाट कोभिड–१९ को नसर्ने बताएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शवले हाछ्यूँ नगर्ने र श्वास फेर्ने नभएकाले सङ्क्रमण नसर्ने बताए ।

यदि शरीरबाट निस्केको तरल पदार्थ छ भने त्यो चलाएर राम्रोसँग हात नधोए भने मात्र सङ्क्रमण सर्ने उनको भनाइ छ ।

‘अन्त्येष्टिमा सबैले हात धुने, पञ्जा प्रयोग गर्ने र मास्क लगाउने गर्नुपर्छ’, उनले भने ।

परिवार र शुभेच्छुक कसैले शव हेर्न चाहेमा मृतकको अनुहार मात्र खोली देखाउन सकिने र मृतकलाई हातले मुसार्ने, अँगालो हाल्ने र चुम्बन गर्न भने नपाइने उनले बताए ।

पीसीआर अनिवार्य

मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीको अनिवार्य पीसीआर परीक्षण गराएर मात्र काममा लगाउन अस्पताललाई निर्देशन दिएको छ ।

सङ्क्रमणको जोखिम बढिरहेकाले मन्त्रालयले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई स्वस्थ्य राखी नियमित सेवामा कठिनाइ हुन नदिनका लागि उनीहरुको अनिवार्य पीसीआर परीक्षण गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई कोभिड–१९ को सङ्क्रमण देखिएको छ । यस्तै सपिङ मल, रेष्टुराँ, होटल र उद्योगमा काम गर्ने सबै कर्मचारीका अनिवार्य पिसिआर परीक्षण गर्न मन्त्रालयले आग्रह गरेको छ ।

ठूला शहरमा सङ्क्रमण बढ्दै गएका अवस्थामा पछिल्लो अवस्थामा व्यवसायमा संलग्न व्यक्ति धेरैको सम्पर्कमा आउने र जोखिम बढ्ने भएकाले त्यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीको सम्बन्धित उद्योग व्यवसायले आफ्नै खर्चमा अनिवार्य पिसिआर परीक्षण गर्ने व्यवस्था गराउन निर्देशन दिइएको डा गौतमले जानकारी दिए ।

उनले जनस्वास्थ्यका मापदण्ड पूरा गर्न र अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि अनुरोध गरेका छन् ।  रासस

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ६ : ३६ बजे

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल

पहिलो पटक घण्टीघरमा प्रवेश गर्दै बालेन्द्र, रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह केन्द्रीय कार्यालय

गैँडाकोटबाट नारायणीमा ‘राइनो क्रुज’ सञ्चालन हुँदै

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’

सर्वोच्चपछि सडकतिर पनि आधिकारिकता खोज्दै देउवा समूह (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसबाट आधिकारिकता गुमाएको शेरबहादुर देउवा समूह सर्वोच्च अदालतपछि

पौवादुङमाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाको दीर्घकालीन प्रशासनिक संरचना सुदृढ बनाउने लक्ष्यसहित