बारामा थप दुई कोरोना संक्रमितको मृत्यु « Khabarhub

बारामा थप दुई कोरोना संक्रमितको मृत्यु


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बारामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पतालका डा. उदय नारायण सिंहका अनुसार आईसीयूमा उपचाररत दुई जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको हो ।

बारा सिमरा घर भएका ५० वर्षीय एक पुरुष र बारा पर्सौनी गाउँपालिकाका ६५ वर्षका अर्का एक पुरुषको मृत्यु भएको सिंहले बताए ।

डा सिंहका अनुसार ५० वर्षका पुरुषमा पहिला देखि नै मधुमेह र उच्च रक्तचापको समस्या थियो । ज्वरो,खोकी र श्वासप्रश्वास समस्या भएका उनी हिजो दिउँसो नारायणी अस्पतालको आईसीयुमा भर्ना भएका थिए ।

उनको आज बिहान ८ः३० बजे मृत्यु भएको हो । उनको स्वाव परीक्षणको रिपोर्ट बिहान ११ बजे पोजेटिभ आएको डा सिंहको भनाइ छ ।

यस्तै अर्का ६५ वर्षीय पुरुषमा पनि ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या थियो । उनलाई आज बिहान साढे ३ बजे अस्पताल भर्ना गरिएमा  बिहान करिब साढे आठ बजे मृत्यु भएको डा. सिंहले बताए ।

ती पुरुषको पनि मृत्युपछि नै कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको डा सिंहले बताए ।

अस्पतालले उनीहरु दुबैजनाको कोरोनाले मृत्यु भएको पुष्टि गरेपनि स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कोरोनाले ज्यान गुमाउनेको संख्या ९५ रहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ६ : ५२ बजे

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल

कांग्रेसका खड्का र एमालेकी शर्मा रिहाइको मागसहित दायर भयो बन्दीप्रत्यक्षीकरण रिट

काठमाडौं– पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का र

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका