कोरोना संक्रमित बढेपछि कलंकी, कुलेश्वर र बल्खु क्षेत्र सिल « Khabarhub

कोरोना संक्रमित बढेपछि कलंकी, कुलेश्वर र बल्खु क्षेत्र सिल


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै काठमाडौं महानगरपालिका वडा नम्बर १४ भित्र पर्ने क्षेत्र सिल गरिएको छ।

बिहीबारदेखि लागू हुने गरी कलंकी, कुलेश्वर, बल्खुलगायत १४ वडाभित्र पर्ने सबै स्थान सिल गरिएको वडा कार्यालयले जानकारी दिएको हो ।

कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको भन्दै जोखिम बढ्न नदिँन १५ दिनका लागि १४ नम्बर वडा क्षेत्र सिल गरिएको वडाध्यक्ष शोभा सापकोटाले बताइन्।

वडा क्षेत्रभित्र अत्यावश्यक बाहेक सबै सेवा १५ दिनका लागि बन्द गरिएको उनले बताइन् । फुटपाथ र ठेलागाढा व्यवसायसमेत बन्द गरिएको छ ।

फलफूल, तरकारी पसलको हकमा बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ला गर्न निर्देशन दिइएको छ। अत्यावश्यक सेवामा समेत सामाजिक दूरी कायम गरी उच्च सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिएको वडाध्यक्ष सापकोटाले बताइन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ७ : ५४ बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि