कोभिड-१९ मापदण्ड पालनाबारे साप्ताहिक विवरण पठाउन गृहको निर्देशन | Khabarhub Khabarhub

कोभिड-१९ मापदण्ड पालनाबारे साप्ताहिक विवरण पठाउन गृहको निर्देशन


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृह मन्त्रालयले कोभिड-१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि मन्त्रिपरिषदबाट विभिन्न मितिमा भएको निर्णय प्रभावकारी कार्यान्वयन भए / नभएको विवरण साप्ताहिक रुपमा पठाउन निर्देशन दिएको छ ।

मन्त्रालयले कोभिड-१९ मापदण्ड पालनाबारे अनुगमन गर्न टोली परिचालन गरी कारबाही गर्न समेत निर्देशन दिएको छ।

गृह प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले विज्ञप्ति जारी गर्दै अनुगमन टोली परिचालन गरेर साप्ताहिक कार्य प्रगति पठाउन उपत्यका बाहेकका जिल्लाहरुलाई निर्देशन दिएका हुन्।

उपत्यकाभित्र काठमाडौं जिल्लामा ५ वटा, ललितपुर र भक्तपुर जिल्लामा ४/४ वटा अनुगमन टोली परिचालन गरी अनुगमन तथा कारबाहीलाई तीव्र बनाइएको छ।

मन्त्रालयले काठमाडौं उपत्यकामा सवारीसाधनमा जोरबिजोर प्रणालीकाे नियम लागू गराउन १३ वटा टोली परिचालन गरेकाे विज्ञप्तिमार्फत जनाएको हो ।

‘मन्त्रिपरिषदबाट विभिन्न मितिमा भएको निर्णयलाई प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयबाट मातहत सुरक्षा निकाय तथा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक निर्देशन तथा सो को निरन्तर ताकेता भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

यसैगरी गृहमन्त्रालका अनुसार हालसम्म मास्क प्रयोग नगरी हिड्ने ४ लाख १९ हजार ५३८ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको छ। तीमध्ये ३ लाख ५४ हजार ८२४ जनालाई सम्झाईबुझाई छाडिएको, ३९ हजार ५०७ जनालाई मास्क वितरण गरी सम्झाई बुझाई पठाइएको र २५ हजार २०७ जनालाई जरिवाना गरी छाडिएको छ।

हालसम्म अनुमतिबिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६३५ वटा सवारी साधन तथा अनुमतिबिना उपत्यका प्रवेश गर्न खोज्ने १९ हजार ४८३ यात्रुहरुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ।

यस्तो छ विज्ञप्ति-

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ९ : ५२ बजे

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना