सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा भीषण पहिरो (फोटोफिचर) « Khabarhub

सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा भीषण पहिरो (फोटोफिचर)


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिन्धुपाल्चोकको बाह्रबिसे-७ क्षेत्रमा गएराति भीषण पहिरो गएको छ । भिरखर्क, नागपुजे र चाङसारलगायतका ठाउँमा गएको पहिरोले ठूलो क्षति पुगेको जनाइएको छ ।

स्थानीयले दिएको प्रारम्भिक विवरण अनुसार १८ घर पुरिएको र १३ जना बेपत्ता भएको जनाइए पनि विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको बताए । ‘नागपुजेमा बढी क्षति पुगेको जानकारी आएको छ । तर कति भन्ने थाहा छैन,’ प्रमुख जिल्ला अधिकारी ढकालले जनाए ।

घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पुगेको छ । बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भने कम्तिमा १२ जना मानिस बेपत्ता भएको बताए ।

गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्‍याएको हो ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो ।

भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव बढ्न सक्ने र पहिरो जान सक्ने भएकाले आज बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।

तस्वीर- बजिरसिंह भण्डारीको फेसबुकबाट

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ७ : ३२ बजे

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका