समुद्रशास्त्र : यस्ता ६ गुण भएका युवती हुन्छन् भाग्यमानी « Khabarhub

समुद्रशास्त्र : यस्ता ६ गुण भएका युवती हुन्छन् भाग्यमानी


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

शास्त्रलाई आधार मान्ने हो भने हाम्रो जीवन पद्धतिका विषयमा विभिन्न जानकारी गराइएको हुन्छ । शास्त्रमा मानवीय जीवनका विभिन्न पक्षबारे वर्णन समेत गरेको पाइन्छ ।

समुद्रशास्त्रमा शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवनका विभिन्न पक्षबारे वर्णन गरिएको छ । त्यसकै आधारमा कुनै व्यक्तिको भविष्यबारे पनि फलादेश गरिन्छ ।

शिव पुराणमा कुमार कार्तिकेयले मानिसमा यस्ता गुण बताएका छन् जुन गुण हुने ब्यक्ति सौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् ।

उक्त पुराणमा भाग्यमानी कन्यामा हुने १२ गुणबारे उल्लेख गएिको छ । त्यस्ता युवतीसँग विवाह गर्ने पुरुष पनि धेरै भाग्यमानी हुने पुराणमा उल्लेख छ ।

१. समुन्द्र शास्त्र अनुसार जुन युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन् । उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने उक्त शास्त्रको दावी छ । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन् ।

२. कालो कपाल भएका र आगाडितिर झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुद्र शास्त्रमा उल्लेख छ । चिल्लो, कोमल र मुलायम कपाल भएका कन्यालाई उत्तम मानिएको छ ।

३. गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् ।

४. जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ ।

५. सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती पनि भाग्यवती मानिन्छन् ।

६. आँखीभौं जोडिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ । आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ७ : १६ बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको