के रावणसँग साँच्चिकै पुष्पक विमान थियो त ? « Khabarhub

के रावणसँग साँच्चिकै पुष्पक विमान थियो त ?


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  भारतवर्षका प्राचीन ग्रन्थहरूमा आजभन्दा लगभग १० हजार वर्षपहिले विमानहरूको चर्चा गरिएको पाइन्छ । रामायणमा रावणको पुष्पक विमान एउटा उदाहरण भयो ।

सैनिक क्षमता भएका विमानको प्रयोग, विमानहरूको भिडन्त तथा विमान अदृश्य हुने र एउटा विमानले अर्कोलाई लखेट्ने कुराहरू पुराणमा वर्णन गरिएका पाइन्छन् ।

प्राचीन विमान दुई किसिमका थिए : मानव निर्मित विमान जुन आधुनिक विमान जस्तै पंखको सहायतामा उड्थे अनि आश्चर्यजनक विमान जुन एलियनको यूएफओ जस्ता देखिन्थे ।

ऋग्वेदमा कम्तीमा पनि २०० पटक विमानहरूको चर्चा भेटिन्छ । तिनमा तीनतल्ले, त्रिभुज आकारको तथा तीनवटा चक्का भएको विमान अश्विनीकुमार अर्थात् देववैज्ञानिकहरूले बनाएको उल्लेख छ । त्यस्ता विमानमा साधारणतया तीन यात्री चढ्न सक्थे ।

विमान निर्माणका लागि सुन, चाँदी र फलाम प्रयोग गरिन्थे र तिनीहरूको दुवैतिर पंखा हुन्थे ।

वेदमा विमानका आकारप्रकार उल्लेखित छन् । अग्निहोत्र विमानका दुई इन्जिन, हस्ती विमानमा दुईभन्दा बढी इन्जिन हुन्थे । विशाल पँक्षीजस्तो देखिने विमान पनि थिए ।

यजुर्वेदमा पनि अर्को विमान र त्यसको सञ्चालन प्रक्रियाको उल्लेख पाइन्छ । त्यो विमान पनि अश्विनीकुमारले गरेका हुन् । विमानको प्रयोग गरेर उनीहरूले राजा भुज्युलाई समुद्रमा डुब्नबाट बचाएका थिए ।

सन् १८७५ मा भारतको एक मन्दिरमा विमानका शास्त्र भेटिएको थियो । यो ग्रन्थ इसापूर्व ४०० मा रचिएको मानिएको छ र यसलाई ऋषि भारद्वाजले रचेको मानिन्छ । यसको अनुवाद अंग्रेजी भाषामा भइसकेको छ ।

यो ग्रन्थमा पूर्ववर्ती ९७ विमानाचार्यहरू तथा २० वटा कृतिको वर्णन पाइन्छ । ती कृतिमा विमानका आकारप्रकारको विस्तृत जानकारी पाइन्छ । यी अमूल्य कृतिहरू नष्ट भइसकेका छन् ।

कृतिमा विमान सञ्चालनको बारेमा जानकारी, उडानको समयमा सुरक्षाको जानकारी, तुफान र बिजुलीको आघातबाट विमानको सुरक्षा उपाय, सौर्य ऊर्जाको प्रयोग लगायतका विषय समेटिएको उल्लेख गरिएको पाइन्छ ।

कथासरित्सागर र कौटिल्यको अर्थशास्त्रमा पनि विमानका विषयमा उल्लेख पाइन्छ ।

त्यसैले रामायणमा रावणको पुष्पक विमानको चर्चा कोरा कप्लना होइन । रावणले प्राचीन ग्रन्थहरूको अध्ययनबाट विमान बनाउन सिकेको हुनुपर्छ ।

द स्पीकिङ ट्रीबाट

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ७ : २७ बजे

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा

ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

म्याग्दी– रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी– मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

वेन्चाङ– चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा– गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट