शास्त्रअनुसार यी हुन् महिलामा हुनुपर्ने ३२ गुण « Khabarhub

शास्त्रअनुसार यी हुन् महिलामा हुनुपर्ने ३२ गुण


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

हिन्दू धर्म अनुसार कुनै युवतीलाई ३२ गुणले युक्त भएको मानिनु भनेको ऊ पूर्ण रुपमा उत्कृष्ट हुनु भन्ने बुझिन्छ । सामाजिक रुपमा पनि ३२ गुणले युक्त भएको या नभएको भन्दै युवतीको तुलना गर्ने चलन छ ।

विवाहका बेला वर र वधुको चिना मिलाउँदा पनि युवतीको गुणलाई महत्त्व दिइएको पाइन्छ । ३२ गुणले युक्त भएकी नारीलाई सर्वश्रेष्ठ मानिन्छ । हिन्दू शास्त्रले कस्ता युवतीलाई ३२ गुणले युक्त भनेको छ त ? आऊनुस् यसबारेमा जानौंः

यी हुन् महिलामा खोजिने ३२ गुणः

१) पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु ।

२) हातका औँला लामा–लामा हुनु ।

३) औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु ।

४) छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु ।

५) शरीरमा विभिन्न सात सुगन्ध हुनु ।

६) हरिणका जस्ता फिला हुनु ।

७) गुप्ताङगहरु गुप्त रहनु ।

८) शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु ।

९) शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु ।

१०) काँध पुष्ट, चौडा र गोलो हुनु ।

११) पाखुरा राम्ररी फर्कने हुनु ।

१२) पाखुरा लामा हुनु ।

१३) सम्पुर्ण शरीर तेजोमय हुनु ।

१४) शंख समान घाँटी हुनु ।

१५) सोझो र सिंहको जस्तो चिउँडो हुनु ।

१६) ३२ वटा दाँत हुनु ।

१७) चम्किला र टमक्क जोडिएका दाँत हुनु ।

१८) समान मिलेका दाँत हुनु ।

१९) बङ्गारा स्वच्छ र सुन्दर हुनु ।

२०) जिब्रो लामो हुनु ।

२१) विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु ।

२२) पातलो (सुरिलो) स्वर हुनु ।

२३) विभिन्न विषयमा ज्ञानको चासो राख्न खोज्नु ।

२४) कुरा (बाचा)मा अडिक रहनु ।

२५) आँखीभौँका बीच रौँका कोमल र सूक्ष्म रेखा हुनु ।

२६) मिलेको कपाल हुनु ।

२७) अल्छी नहुनु ।

२८) अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु ।

२९) शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु ।

३०) चमक्क चम्किने केश हुनु ।

३१) स्वभाव लज्जालु हुनु ।

३२) दुढ आत्मविश्वास हुनु ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  १ : ४६ बजे

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

गण्डकी– पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि

फिर्के खोलाको अतिक्रमण थालियो हटाउन, मेयर आफैँ खटिए

पोखरा– पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउने

क्यान्सरको औषधि अभाव हुन नदिन दैनिक विवरण उपलब्ध गराउन विभागको आग्रह

काठमाडौं– बजारमा क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधि तथा

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन– छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका

तनहुँका व्यवसायी पसल बन्द गरेर आन्दोलनमा 

काठमाडौं– दमौली स्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ