जुवाडे पक्राउ गर्दा कार्यालय भित्रै पुगेर प्रहरीमाथि कुटपिट « Khabarhub

जुवाडे पक्राउ गर्दा कार्यालय भित्रै पुगेर प्रहरीमाथि कुटपिट


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – जुवाडेलाई पक्राउ गरेको भन्दै कञ्चनपुरमा प्रहरीमाथि कार्यालयमै कुटपिट भएको छ ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा कार्यरत प्रहरी निरीक्षकसहित केही प्रहरीमाथि कार्यालय भित्रै कुटपिट भएको हो ।

तास खालबाट पक्राउ परेका केही व्यक्तिहरूलाई छुटाउन भन्दै इलाका प्रहरी कार्यालय पुगेको एउटा समूहले ढुंगामुढा गर्दै प्रहरीलाई नै कुटपिट गरेको प्रहरीले जनाएको छ ।

पुनर्वास नगरपालिका मेयर जीवनराम थापाका माइला छोरा देवेन्द्र थापा, भतिज स्वकीय सचिव टेक थापा लगायतको टोलीले इलाका प्रहरी कार्यालयमा ढुंगामुडा गर्नुका साथै कुटपिट गरेको प्रहरीको आरोप छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त एसएसपी मुकेश सिंहका अनुसार अहिले प्रहरी माथिनै कुटपिट भएको घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

एसएसपी थापाले भने, तास खेलिरहेको अवस्थामा पुनर्वासका केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको विषयमा वादविवाद भएर प्रहरीमाथि कुटपिट भएको भन्ने खबर आएको छ, अहिले अनुसन्धान गरिरहका छौं ।

यता मेयर जीवनराम थापाका भतिज तथा स्वकीय सचिव टेक थापाले भने प्रहरीले आफूहरूलाई कुटपिट गरेको दाबी गरेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  २ : ०८ बजे

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल