पुजारी हत्याकाण्डको वास्तविकता सार्वजनिक गर्न विश्व हिन्दू महासंघको माग | Khabarhub Khabarhub

पुजारी हत्याकाण्डको वास्तविकता सार्वजनिक गर्न विश्व हिन्दू महासंघको माग


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– नेपाल विश्व हिन्दू महासंघले पुजारी श्रीराम साह हत्याको निस्पक्ष छानविन गरी वास्तविकता सार्वजनिक गर्न माग गरेको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै घटनाको वास्तविकतालाई यथाशीघ्र सार्वजनिक गर्न गृह मन्त्रालयसँग माग गरेको हो ।

पुजारी हत्याका विषयमा प्रदेश नम्बर-२ प्रहरीले सार्वजनिक गरेको प्रतिवेदन घटना ढाकछोप गर्न अभिप्रेरित रहेको समेत महासंघले आरोप लगाएको छ ।

महासंघले स्व.सन्तको चरित्र हत्या हुने झुटो प्रतिवेदन बनाउने प्रहरीमाथी कारवाहीको माग राख्दै आर्थिक लेनदेनकै कारण हत्या भएको भन्ने प्रहरीको प्रतिबेदनप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ, ’प्रहरीको प्रतिवेदन घटनाको वास्तविकतालाई ढाकछोप गर्ने उदेश्यले अभिप्रेरित मात्र नभई सम्पूर्ण साधुसन्त समाजमाथिको पनि प्रहार हो ।’

निजी सम्पति बेचेर मठ मन्दिर बनाउने पुजारी साहले कुनै पनि आर्थिक लेनदेन नगरेको उनको परिवारका सदस्य एवं हत्याको आरोपमा पक्राउ गरिएका दुईजना आरोपीहरूका परिवारले समेत प्रस्ट पारिसकेको महासंघले विज्ञप्तिमा जनाएको छ ।

आरोपी नरेश पटेलका बुवा ज्वाहिर पटेल र अर्का आरोपी बालकुमार पटेलकी आमा सुदिपती देवीले पुजारी साहबाट कहिले पनि कुनै लेनदेन नगरेको प्रस्ट पारिसकेको महासंघको दाबी छ । उनीहरूको परिवारबीच अन्य कुनै झै-झगडा समेत नरहेको विज्ञप्तिमा जनाइएको छ ।

महासंघका कार्यकर्ताहरूले पुजारी साहको हत्यामा संलग्नलाई कारबाहीमा माग राख्दै जनकपुरमा विरोध प्रदर्शन गरेका छन् ।

महासंघद्वारा जारी विज्ञप्ति यस्तो छ-

 

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  १० : ५२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र