पुजारी हत्याकाण्डको वास्तविकता सार्वजनिक गर्न विश्व हिन्दू महासंघको माग « Khabarhub

पुजारी हत्याकाण्डको वास्तविकता सार्वजनिक गर्न विश्व हिन्दू महासंघको माग


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– नेपाल विश्व हिन्दू महासंघले पुजारी श्रीराम साह हत्याको निस्पक्ष छानविन गरी वास्तविकता सार्वजनिक गर्न माग गरेको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै घटनाको वास्तविकतालाई यथाशीघ्र सार्वजनिक गर्न गृह मन्त्रालयसँग माग गरेको हो ।

पुजारी हत्याका विषयमा प्रदेश नम्बर-२ प्रहरीले सार्वजनिक गरेको प्रतिवेदन घटना ढाकछोप गर्न अभिप्रेरित रहेको समेत महासंघले आरोप लगाएको छ ।

महासंघले स्व.सन्तको चरित्र हत्या हुने झुटो प्रतिवेदन बनाउने प्रहरीमाथी कारवाहीको माग राख्दै आर्थिक लेनदेनकै कारण हत्या भएको भन्ने प्रहरीको प्रतिबेदनप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ, ’प्रहरीको प्रतिवेदन घटनाको वास्तविकतालाई ढाकछोप गर्ने उदेश्यले अभिप्रेरित मात्र नभई सम्पूर्ण साधुसन्त समाजमाथिको पनि प्रहार हो ।’

निजी सम्पति बेचेर मठ मन्दिर बनाउने पुजारी साहले कुनै पनि आर्थिक लेनदेन नगरेको उनको परिवारका सदस्य एवं हत्याको आरोपमा पक्राउ गरिएका दुईजना आरोपीहरूका परिवारले समेत प्रस्ट पारिसकेको महासंघले विज्ञप्तिमा जनाएको छ ।

आरोपी नरेश पटेलका बुवा ज्वाहिर पटेल र अर्का आरोपी बालकुमार पटेलकी आमा सुदिपती देवीले पुजारी साहबाट कहिले पनि कुनै लेनदेन नगरेको प्रस्ट पारिसकेको महासंघको दाबी छ । उनीहरूको परिवारबीच अन्य कुनै झै-झगडा समेत नरहेको विज्ञप्तिमा जनाइएको छ ।

महासंघका कार्यकर्ताहरूले पुजारी साहको हत्यामा संलग्नलाई कारबाहीमा माग राख्दै जनकपुरमा विरोध प्रदर्शन गरेका छन् ।

महासंघद्वारा जारी विज्ञप्ति यस्तो छ-

 

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  १० : ५२ बजे

ब्राजिल निर्वाचन : पूर्वराष्ट्रपति जइरका छोरा फ्लेभियोलाई अग्रता, बोल्सोनारो परिवार मालामाल

रियो- ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा फ्लेभियो

महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम