अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका लागि ब्यारेटको सुनुवाइ सुरू « Khabarhub

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका लागि ब्यारेटको सुनुवाइ सुरू


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरकी सर्वोच्च अदालतको न्यायाधीश प्रस्ताव गरिएको एम्मी कोनी ब्यारेटको सुनुवाइ  सुरु भएको छ ।

सिनेटमा सुनुवाईको सुरुवात आफ्नो सुरुवाति वक्तव्य राख्ने क्रममा न्यायाधीश ब्यारेटले राष्ट्रपतिबाट सर्वोच्चका लागि प्रस्ताव हुनु आफ्ना लागि सम्मान भएको बताइन् ।

उनले निष्पक्ष रुपमा कानूनको सेवा गर्ने पनि बताएकी छन् । ‘म न्यायाधीश रुथ बेडर गिन्सबर्गको सिट पूरा गर्न मनोनित भएकी छु, तर कसैले कहिल्यै पनि उनको ठाउँ लिन सक्ने छैन । म जहिले पनि उनले बनाएको मार्ग र उनले निर्देशिक गरेको जीवनका लागि आभारी रहने छु, न्यायाधीश ब्यारेटले भनिन् ।

व्यारेटलाई पूर्वन्यायाधीश रूथ बडर जिनसबर्गको स्थानमा ल्याउन राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनको सङ्घारमा निकै जोड गरेका छन् ।

रिपब्लिकन पार्टीको बहुमत रहेको अमेरिकी सेनेटले सर्वोच्च अदालतमा पुनरावेदनकी ४८ वर्षीय न्यायाधीश ब्यारेटलाई ल्याएर न्यायलयमा रिपब्लिकनको पकडलाई बलियो बनाउन चाहेको देखिन्छ ।

सिनेटको न्यायपालिका समितिको बैठकले कोरोनाभाइरस महामारीको कारण छोट्याएर चार दिने सुनुवाई सुरू गरेको हो ।

सुनुवाईका लागि केही सिनेटरहरु टाढाबाट सहभागिता जनाएका छन् । सुनुवाईको लागि महामारीबीच सार्वजनिक स्वास्थ्य चिन्ताहरुलाई ध्यानमा राखेर छलफल थालिएको छ ।

सिनेटर लिन्डसे ग्राहमले सुनुवाईको सुरुवातमै अमेरिकामा कोभिड–१९ को सङ्क्रमण वास्तविकरूपमा नै जटिल बनेको भन्दै सुरक्षित रूपले अघि बढ्नुपर्ने बताएका छन् ।

सुनुवाईका लागि जम्मा भएका १०० सिनेटरमध्ये लगभग सबैले मुखमा मास्क पहिरिएका छन् ।

समितिका दुई सिनेटरलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि सुनुवाई प्रकिया छोट्याइएको हो । सेन माइक ली र आर उताहलाई कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

उनीहरू सोमबार सुनुवाईमा सहभागी भएपछि उनीहरूका प्रवक्ताले लक्षण मुक्त भएको बताएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ९ : १० बजे

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको