अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका लागि ब्यारेटको सुनुवाइ सुरू « Khabarhub

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका लागि ब्यारेटको सुनुवाइ सुरू


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरकी सर्वोच्च अदालतको न्यायाधीश प्रस्ताव गरिएको एम्मी कोनी ब्यारेटको सुनुवाइ  सुरु भएको छ ।

सिनेटमा सुनुवाईको सुरुवात आफ्नो सुरुवाति वक्तव्य राख्ने क्रममा न्यायाधीश ब्यारेटले राष्ट्रपतिबाट सर्वोच्चका लागि प्रस्ताव हुनु आफ्ना लागि सम्मान भएको बताइन् ।

उनले निष्पक्ष रुपमा कानूनको सेवा गर्ने पनि बताएकी छन् । ‘म न्यायाधीश रुथ बेडर गिन्सबर्गको सिट पूरा गर्न मनोनित भएकी छु, तर कसैले कहिल्यै पनि उनको ठाउँ लिन सक्ने छैन । म जहिले पनि उनले बनाएको मार्ग र उनले निर्देशिक गरेको जीवनका लागि आभारी रहने छु, न्यायाधीश ब्यारेटले भनिन् ।

व्यारेटलाई पूर्वन्यायाधीश रूथ बडर जिनसबर्गको स्थानमा ल्याउन राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनको सङ्घारमा निकै जोड गरेका छन् ।

रिपब्लिकन पार्टीको बहुमत रहेको अमेरिकी सेनेटले सर्वोच्च अदालतमा पुनरावेदनकी ४८ वर्षीय न्यायाधीश ब्यारेटलाई ल्याएर न्यायलयमा रिपब्लिकनको पकडलाई बलियो बनाउन चाहेको देखिन्छ ।

सिनेटको न्यायपालिका समितिको बैठकले कोरोनाभाइरस महामारीको कारण छोट्याएर चार दिने सुनुवाई सुरू गरेको हो ।

सुनुवाईका लागि केही सिनेटरहरु टाढाबाट सहभागिता जनाएका छन् । सुनुवाईको लागि महामारीबीच सार्वजनिक स्वास्थ्य चिन्ताहरुलाई ध्यानमा राखेर छलफल थालिएको छ ।

सिनेटर लिन्डसे ग्राहमले सुनुवाईको सुरुवातमै अमेरिकामा कोभिड–१९ को सङ्क्रमण वास्तविकरूपमा नै जटिल बनेको भन्दै सुरक्षित रूपले अघि बढ्नुपर्ने बताएका छन् ।

सुनुवाईका लागि जम्मा भएका १०० सिनेटरमध्ये लगभग सबैले मुखमा मास्क पहिरिएका छन् ।

समितिका दुई सिनेटरलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि सुनुवाई प्रकिया छोट्याइएको हो । सेन माइक ली र आर उताहलाई कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

उनीहरू सोमबार सुनुवाईमा सहभागी भएपछि उनीहरूका प्रवक्ताले लक्षण मुक्त भएको बताएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ९ : १० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी