कोरोना भाइरस : थप दुईको मृत्यु, ३५६ संक्रमित थपिए « Khabarhub

कोरोना भाइरस : थप दुईको मृत्यु, ३५६ संक्रमित थपिए


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा थप दुई संक्रमितको मृत्यु भएको छ ।

चितवनमा उपचाररत दुई संक्रमितको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का ७८ वर्षीय वृद्ध रहेका छन् ।

उनमा असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी निमोनियाका कारण २४ गते अस्पतालमा भर्ना भएका थिए । उनको उपचारका क्रममा सोमबार राति ८:१० बजे मृत्यु भएको हो ।

यस्तै रूपन्देहीको तिलोत्तमा- १५ की ३५ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

मेडिकल कलेजका निर्देशक लम्सालका अनुसार श्वासप्रश्वासको समस्याका कारण असोज २१ गते अस्पताल भर्ना भएकी ती महिलामा २० गते लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उपचारका क्रममा उनको सोमबार दिउँसो चार बजे कोभिड सघन उपचार कक्षको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै चितवन, मकवानपुर र सुनसरीमा गरी थप ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको २५२ जनाको स्वाब परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ३२ जना चितवनका हुन् भने बाँकी २ जना सर्लाही र नवलपरासीका पुरूष छन् ।

संक्रमित हुनेहरू १५ वर्षीय किशोरदेखि ६६ वर्षका पुरूषसम्म छन् ।

भरतपुर अस्पतालले सोमबार राति सार्वजनिक गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका १९ पुरूष र ८ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै माडी कि १ महिला, खैरहनीका १ पुरूष,  रत्ननगरका २ पुरूष र इच्छाकामनाका १ पुरूषमा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

मकवानपुरमा थपिए १२५ संक्रमित

मकवानपुरमा १ सय २५ जना कोरोना संक्रमित थपिएका छन्।

किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा २ सय ९६ जनाको स्वाब परीक्षण गर्दा ७७ जना पुरुष र ४८ जना महिलाको रिपोर्ट पोजेटिभ आएको हो।

संक्रमितमध्ये हेटौंडा उपमहानगरपालिकाका १ सय ७, बागमती गाउँपालिकाका १४, मकवानपुरगढी गाउँपालिकाका एक र जिल्ला बाहिरका ३ जना रहेका छन् ।

धरानमा थप १९७ जनामा संक्रमण

धरानमा थप १ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरान १७ स्थित एन्फा एकेडेमीको क्वारेन्टाइमा १९० जना र ९३ जनाको बीपी प्रतिस्ठानमा गरिएको स्बाव परीक्षणका क्रममा थप १९७ जनामा संक्रमण पुष्टि भएको हो ।

एन्फा एकेडेमीमा स्वाब लिइएकाहरूमध्ये १०४ जनामा संक्रमण देखिएको छ । जसमा ३ जनाले पुनः परीक्षण गराएका थिए ।

थप १ सय ९७ संक्रमित भएसँगै धरानमा कोरोना संक्रमितको संख्या १ हजार ३७९ पुगेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ९ : १७ बजे

बङ्गलादेशका प्रधानमन्त्री रहमानको ५० सदस्यीय मन्त्रिपरिषद् घोषणा

ढाका– भारी चुनावी विजयपछि बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले ५० सदस्यीय

सलमान खानका पिता सलीम खान भेन्टिलेटरमा

काठमाडौं– बलिउड अभिनेता सलमान खानका पिता, प्रसिद्ध कथा–पटकथा लेखक सलीम

भोजपुरमा चुनावी गस्तीमा निस्केको सेनाको टोली सवार बस दुर्घटना, ११ जना घाइते

भोजपुर- भोजपुरमा फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको

दोस्रो कार्यकालमा ताकाइचीको कडा एजेन्डा

एजेन्सी– भारी मतान्तरसहितको चुनावी विजयपछि साने ताकाइची बुधबार पुनः जापानको

गगन थापाले भने : धेरैपटक अवसर पाउँदा सदुपयोग गरेनौँ, अबको पाँच वर्ष राष्ट्र निर्माणमा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्ष