एसएस राजमौली नामै काफी छ, जोसँग काम गर्ने हरेक सुपरस्टारको चाहाना छ « Khabarhub

एसएस राजमौली नामै काफी छ, जोसँग काम गर्ने हरेक सुपरस्टारको चाहाना छ


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिनेमा उद्योगमा प्राय एक्शन फिल्म प्रति धेरैको क्रेज रहने गरेको छ । विशेषत दक्षिण भारतीय फिल्म अर्थात साउथ फिल्म एक्शन प्रधान हुने गरेका छन् । जसलाई दर्शकले समेत रुचाउने गर्दछन् ।

यदि पछिल्लो १ दशकयताको साउथ इण्डियन एक्शन फिल्मको चर्चा गर्ने हो भने एसएस राजामौलीको फिल्मको नै वर्चश्व रहेको छ । बाहुबली जस्ता विश्वभर सुपरहिट मानिएको फिल्म समेत उनै एसएस राजमौलीको निर्देशक हुन् ।

एसएस राजामौली दक्षिण भारतीय चलचित्रका एक मात्र यस्ता निर्देशक हुन् जोसँग पुरा विश्वका सिनेमा उद्योगका कलाकार काम गर्ने चाहाना राख्दछन् ।

राममौलीको करियरको पहिलो फिल्म थियो, स्टूडेन्ट नम्बर १ । यस फिल्म मार्फत जूनियर एनटीआर चर्चामा आए । त्यसपछि राजमौलीले शिमाद्री र छत्रपति नामक दुई एक्शन फिल्म बनाए ।

विस्तारै चलचित्र छेत्रमा जम्दै गरेका उनले सन् २०१५ मा बाहुबली नामक फिल्म बनाए । जसलाई विभिन्न भाषामा डब गरी विश्वभर प्रर्दशन गरीयो । यो चलचित्र यतिधेरै हिट बन्यो कि यसका स्टारकाष्ट समेत रातारात सुपरस्टार बने ।

राजमौलीको छवि विश्वभर सफल र अब्बल निर्देशकका रुपमा हुन पुग्यो ।

आजको मितिमा राजामौलीको फिल्मी सफलताका कारण उनले बनाउने चलचित्र स्वतः हिट हुने मानसिकता बनेको छ । उनको कामलाई दर्शकले अत्यन्त रुचाउछन् । त्यसैले विश्वका ठुला ठुला सुपरस्टाससमेत राजामौलीको फिल्ममा काम गर्ने चाहाना राख्दछन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  २ : १३ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको