एन्टिजेन विधिबाट कोरोना परीक्षण १ हजार मात्र लाग्ने | Khabarhub Khabarhub

एन्टिजेन विधिबाट कोरोना परीक्षण १ हजार मात्र लाग्ने


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना परीक्षणका लागि बनाइएको नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड १९ चौथो पटक संशोधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेत माफर्त कोरोना परीक्षण गर्न बनेको नेसनल टेस्टिङ गाइडलाइन चौथो पटक संशोधन भएको जानकारी दिएका हुन् ।

डा गौतमलले इन्सिडेन्ड कमान्ड सिस्टमको निर्णय पछि हेल्थ इमर्जेन्सी सेन्टरले स्वास्थ्य सेवा विभागलाई पत्राचार गर्दै कोरोना परीक्षणको लागि उक्त डाइडलाइन परिवर्तन भएकोबारे जानकारी गराएको पनि बताए ।

संशोधन भएको गाइडलाइनमा कोभिड १९ एन्टिजेन परीक्षणका लागि एफडिए,एयुए मान्यता प्राप्त किटहरु र स्वास्थ्य सेवा विभागबाट स्वीकृति भएका किटहरु मात्र सुचिकृत हुनुपर्ने जनाइएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुमति पाप्त गरेका प्रयोगशालाले मात्र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्न पाउने व्यवस्था गरिएको डा गौतमले बताए ।

डा गौतमका अनुसार एन्टिजेन विधिबाट हुने कोरोना परीक्षणको शुल्क अघिकतम एक हजार तोकिएको छ ।

यस्तै कोरोना पोजेटिभ आएमा सम्बन्धित प्रयोगशालाले पोजेटिभ आएकाको हकमा काठमाडौं उपत्यकामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा उपत्यका बाहिरको हकमा सम्बधित जिल्ला स्वास्थ्य कार्यालय र संक्रमितलाई रिपोर्टबारे जानकारी दिनुपर्ने डा गौतमलले बताए ।

यस्तै नेगेटिभ रिपोर्ट आएमा त्यसको विवरण सम्बन्धित व्यक्तिलाई रिपोर्ट दिनुपर्ने बताए ।

यस्तै जनस्वास्थ्यको मापदण्ड पालना गराउन स्थानीय तहलाई निर्देशन दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै स्वास्थ्य मन्त्रालयले सबै स्थानीय तहहरुलाई कोरोनाबाट बच्न जनस्वास्थ्यको मापदण्ड पालना गराउन दिर्नेशन दिन भनिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमलले बताए । उनले देशभर रहेको कतिपय स्थानीय तहहरुमा जनस्वास्थ्यको मापदण्ड पालना नभएको पनि बताए ।

डा गौतमलले स्थानीय तहले मापदण्ड पालना नगराएको भन्दै जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न र गराउने व्यवस्था मिलाउन ७५३ वटै स्थानीय तहलाई निर्देशन दिन सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ४ : ५१ बजे

कतारले अस्थायी रुपमा बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र

काठमाडौं – इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण

काठमाडौं – इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको

शिक्षकसँग भएका सम्झौतालाई समावेश गरेर मात्र शिक्षा ऐन आउँछः मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारका

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति

काठमाडौं – क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति