बझाङमा १२ वर्षपछि नियमित उडान « Khabarhub

बझाङमा १२ वर्षपछि नियमित उडान


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- बन्द भएको १२ वर्षपछि सूदुरपश्चिमको विकट पहाडी जिल्ला बझाङको देवल विमानस्थलबाट नियमित उडान शुरु भएको छ ।

बझाङ विमानस्थल प्रखुम मोहन गिरीले विमानस्थल कालोपत्रे भएपछि असोज १७ गते शनिबार परीक्षण उडान गरिएको र आज देखि नियमीत उडान शुरु भएको बताए ।

मंगलबार समिट एयरले धनगढीबाट १८ यात्रु लिएर बझाङ पुगेको हो । अब हप्ताको दुई दिन र यात्रुको अवस्था हेरी उडान हुने गरी समिट एयरले सेवा दिने भएको हो ।

धनगढी बझाङ बसको यात्रा गर्दा धेरै समय लाग्ने र जोखीमपूर्ण हुने भएकोले हवाई यात्रा गर्दा खुशी भएको यात्रु प्रकाश सिहंले बताए ।

भाडा दर केही महङ्गो भएपनि समिट एयरले बझाङबासीको प्लेन चढ्ने धोको पुरा गरिदिएको अर्का यात्रु विराटसिहं कठायतले बताए ।

समिट एयरले मंगलवारदेखि धनगढीबाट देवल विमानस्थलमा उडान शुरु गरेको हो ।

गएको शनिवार विमानस्थलमा परीक्षण उडान गरिएको थियो । परीक्षण उडानमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई सहित सहभागि भएका थिए ।

२०६५ सालदेखि बन्द विमानस्थल कालोपत्रे गरिएपछि मंगलवारबाट नियमित उडान शुरु भएको हो ।

नेपाल नागरिक उड्यन प्राधिकरणले सूदुरपश्चिमका हिमाली तथा पहाडी जिल्लालाई राजधानीसँग जोडने अभियान अन्तरगत बझाङ विमानस्थलमा नियमित उडान शुरु भएको जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ९ : ४५ बजे

यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

इलाम– यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२–८३ मा

धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद

जनकपुरधाम– भन्सार चोरीपैठारी नियन्त्रण अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो २६ दिनमा

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौँ– आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी

धनकुटाको भेडेटारस्थित ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य

धनकुटा– धनकुटाको भेडेटारमा सञ्चालित ‘स्काइवाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका

कानुनसहित सातवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न सातवटा समितिका बैठक बस्दैछन्