अप्रेसन ‘रक्स’ : हेलमेटकै ‘क्लु’ले पत्ता लाग्यो सुडाल हत्याकाण्ड (भिडियोसहित) « Khabarhub

अप्रेसन ‘रक्स’ : हेलमेटकै ‘क्लु’ले पत्ता लाग्यो सुडाल हत्याकाण्ड (भिडियोसहित)


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  भक्तपुरको चाँगुनारायण ८ सुडालमा चन्द्रबहादुर योञ्जनको हत्या घटनामा स‌लग्न तीन जनालाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

घटनाको एक सातापछि राजधानीका विभिन्न स्थानबाट प्रहरीले तीन जनालाई प्रकाउ गरी मंगलबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ का ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, सिन्धुपाल्चोकको चौतारा बतासे नगरपालिका २ का २३ वर्षीय रमेश तामाङ र रामेछापको धोवी गाउँपालिका ५ का २७ वर्षीय प्रेम तामाङ रहेका छन्।

घटना के थियो ?

रामेछापको सोनापति गाउँपालिका ३ का चन्द्रबहादुर योञ्जनले रकम तिर्न आनाकानी गरेपछि उनको हत्या भएको खुलेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका ८ बस्दै आएका योञ्जनले आफूलाई रकम तिर्न बाँकी रहेको र त्यही रकम अशुल गर्न कुटपिट गरेको शेर्पा भन्ने कामी लामाले बताएका छन्।

कामी लामा र चन्द्रबहादुर मिलेर जग्गा दलालीको काम गर्दै आएका थिए।

जग्गा कारोबारकै क्रममा चन्द्रबहादुरले कामीसहितका व्यक्तिलाई करिव १६ लाख रुपैयाँ दिन बाँकी रहेको तर उनले त्यो रकम लामो समयदेखि नदिएपछि कामीले उनलाई कुटपिट गरेर रकम असुल्न अन्य व्यक्तिको प्रयोग गरेको खुलेको छ ।

रमेश र प्रेमले कुटपिट गर्दा गम्भीर घाइते भएका चन्द्रबहादुरको असोज २२ गते उपचारका क्रममा मृत्यु भएको थियो ।

कामीले आफ्नो रकम असुल्नकै लागि रमेशलाई समेत बोलाएका थिए।

असोज १८ गते उनीहरुले मृतक योञ्जनको घर पहिचान गरी नयाँ बस्तीमा बसेर योजना बनाएको अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए।

असोज २१ गते रमेश  र प्रेम मोटरसाइकलमा भक्तपुर गएर कामी लामालाई भेटेका थिए। दिउँसोको करिब साढे ४ बजे चन्द्रबहादुरको पसलमा गएर उनीहरुले वियर खाएका थिए।

त्यही क्रममा उनीहरुले आफन्तलाई जग्गा चाहिएको बताए। जग्गा बिक्रीबाट आउने फाइदा भने बाँड्नु पर्ने शर्त राखे। योञ्जनसहित उनीहरु जग्गा हेर्ने बहानामा बिडोलफाँटतर्फ गए।

एकान्तमा रहेको धानखेतमा पुगेपछि उनीहरुले कुटपिट गर्न थाले। अनुहार, छाती र पेटमा लात्तीले हानेर योञ्जनलाई घाइते बनाए। योञ्जनले लगाएको २ तोला २ लालको सुनको ब्रासलेट र मोवाइल समेत लुटेर उनीहरु फरार भएका थिए।

चन्द्रबहादुरको भने ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा भोलिपल्ट (२२ गते) मृत्यु भएको थियो ।

यसरी पक्राउ परे अभियुक्त 

अभियुक्त पल्सर एनएस–२०० सीसीको मोटरसाइकलमा त्यहाँ पुगेका थिए ।

चन्द्रबहादुरले पसलमा सिसिटिभी राखेका रहेछन् । सिसिटिभीमा अभियुक्तको हेलमेट देखियो । सो हेलमेटमा अंग्रेजी अक्षर लेखिएको थियो–‘आर.ओ.एक्स ।’

हत्यामा संलग्नले बियर पिउँदा टेबलमा हेलमेट राखेर बसेका थिए । प्रहरीले ‘रक्स’ हेलमेटको क्लू बनाएर अनुसन्धान अगाडि बढायो ।

‘अप्रेसन रक्स नाम राखेर हामीले अनुसन्धान द्रुत गतिमा अगाडि बढायौं’ महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले भने–‘हत्या भएको छैटौं दिनमा हामी आरोपीलाई पक्रन सफल भयौं ।’

‘रक्स हेलमेट’ लगाउने मोटरसाइकल चालकमथि प्रहरी अनुसन्धान केन्द्रित थियो ।

बौद्ध नयाँ बस्तीमा जिम गर्ने युवाहरुले सो हेलमेट लगाउँथे । मृतकको घरको सिसिटिभी र भक्तपुरस्थित नगदेशको सिसिटिभीमा देखिएको फुटेजबाट प्रहरीले हुलिया पत्ता लगाइसकेको थियो ।

सोमबार साँझ बौद्ध नयाँ बस्तीबाट महाशाखाको टोलीले सिन्धुपाल्चोक चौताराका रमेश तामाङ  ‘ज्वाला’ र रामेछापको लिखु तामाकोशी–५ घोवीका प्रेम तामाङलाई नियन्त्रणमा लियो ।

हेलमेट त्यही थियो, हुलिया पनि मिल्यो अनि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

हेरौं भिडियो

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ११ : १० बजे

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र

रविले बोलाएको संसदीय दलको बैठकमा कुन-कुन मन्त्री भए सहभागी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार बोलाएको

मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी

मुआब्जा दिन रेलमार्गका जग्गाधनीको माग

झापा– प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा

जनार्दनसहितको अग्रगामी मोर्चाले सीकेलाई तोक्यो प्रवक्ता 

काठमाडौं– अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई