अप्रेसन ‘रक्स’ : हेलमेटकै ‘क्लु’ले पत्ता लाग्यो सुडाल हत्याकाण्ड (भिडियोसहित) « Khabarhub

अप्रेसन ‘रक्स’ : हेलमेटकै ‘क्लु’ले पत्ता लाग्यो सुडाल हत्याकाण्ड (भिडियोसहित)


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  भक्तपुरको चाँगुनारायण ८ सुडालमा चन्द्रबहादुर योञ्जनको हत्या घटनामा स‌लग्न तीन जनालाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

घटनाको एक सातापछि राजधानीका विभिन्न स्थानबाट प्रहरीले तीन जनालाई प्रकाउ गरी मंगलबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ का ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, सिन्धुपाल्चोकको चौतारा बतासे नगरपालिका २ का २३ वर्षीय रमेश तामाङ र रामेछापको धोवी गाउँपालिका ५ का २७ वर्षीय प्रेम तामाङ रहेका छन्।

घटना के थियो ?

रामेछापको सोनापति गाउँपालिका ३ का चन्द्रबहादुर योञ्जनले रकम तिर्न आनाकानी गरेपछि उनको हत्या भएको खुलेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका ८ बस्दै आएका योञ्जनले आफूलाई रकम तिर्न बाँकी रहेको र त्यही रकम अशुल गर्न कुटपिट गरेको शेर्पा भन्ने कामी लामाले बताएका छन्।

कामी लामा र चन्द्रबहादुर मिलेर जग्गा दलालीको काम गर्दै आएका थिए।

जग्गा कारोबारकै क्रममा चन्द्रबहादुरले कामीसहितका व्यक्तिलाई करिव १६ लाख रुपैयाँ दिन बाँकी रहेको तर उनले त्यो रकम लामो समयदेखि नदिएपछि कामीले उनलाई कुटपिट गरेर रकम असुल्न अन्य व्यक्तिको प्रयोग गरेको खुलेको छ ।

रमेश र प्रेमले कुटपिट गर्दा गम्भीर घाइते भएका चन्द्रबहादुरको असोज २२ गते उपचारका क्रममा मृत्यु भएको थियो ।

कामीले आफ्नो रकम असुल्नकै लागि रमेशलाई समेत बोलाएका थिए।

असोज १८ गते उनीहरुले मृतक योञ्जनको घर पहिचान गरी नयाँ बस्तीमा बसेर योजना बनाएको अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए।

असोज २१ गते रमेश  र प्रेम मोटरसाइकलमा भक्तपुर गएर कामी लामालाई भेटेका थिए। दिउँसोको करिब साढे ४ बजे चन्द्रबहादुरको पसलमा गएर उनीहरुले वियर खाएका थिए।

त्यही क्रममा उनीहरुले आफन्तलाई जग्गा चाहिएको बताए। जग्गा बिक्रीबाट आउने फाइदा भने बाँड्नु पर्ने शर्त राखे। योञ्जनसहित उनीहरु जग्गा हेर्ने बहानामा बिडोलफाँटतर्फ गए।

एकान्तमा रहेको धानखेतमा पुगेपछि उनीहरुले कुटपिट गर्न थाले। अनुहार, छाती र पेटमा लात्तीले हानेर योञ्जनलाई घाइते बनाए। योञ्जनले लगाएको २ तोला २ लालको सुनको ब्रासलेट र मोवाइल समेत लुटेर उनीहरु फरार भएका थिए।

चन्द्रबहादुरको भने ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा भोलिपल्ट (२२ गते) मृत्यु भएको थियो ।

यसरी पक्राउ परे अभियुक्त 

अभियुक्त पल्सर एनएस–२०० सीसीको मोटरसाइकलमा त्यहाँ पुगेका थिए ।

चन्द्रबहादुरले पसलमा सिसिटिभी राखेका रहेछन् । सिसिटिभीमा अभियुक्तको हेलमेट देखियो । सो हेलमेटमा अंग्रेजी अक्षर लेखिएको थियो–‘आर.ओ.एक्स ।’

हत्यामा संलग्नले बियर पिउँदा टेबलमा हेलमेट राखेर बसेका थिए । प्रहरीले ‘रक्स’ हेलमेटको क्लू बनाएर अनुसन्धान अगाडि बढायो ।

‘अप्रेसन रक्स नाम राखेर हामीले अनुसन्धान द्रुत गतिमा अगाडि बढायौं’ महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले भने–‘हत्या भएको छैटौं दिनमा हामी आरोपीलाई पक्रन सफल भयौं ।’

‘रक्स हेलमेट’ लगाउने मोटरसाइकल चालकमथि प्रहरी अनुसन्धान केन्द्रित थियो ।

बौद्ध नयाँ बस्तीमा जिम गर्ने युवाहरुले सो हेलमेट लगाउँथे । मृतकको घरको सिसिटिभी र भक्तपुरस्थित नगदेशको सिसिटिभीमा देखिएको फुटेजबाट प्रहरीले हुलिया पत्ता लगाइसकेको थियो ।

सोमबार साँझ बौद्ध नयाँ बस्तीबाट महाशाखाको टोलीले सिन्धुपाल्चोक चौताराका रमेश तामाङ  ‘ज्वाला’ र रामेछापको लिखु तामाकोशी–५ घोवीका प्रेम तामाङलाई नियन्त्रणमा लियो ।

हेलमेट त्यही थियो, हुलिया पनि मिल्यो अनि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

हेरौं भिडियो

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ११ : १० बजे

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको

रविविरुद्धका मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण

घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए

काठमाडौं-सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका