कोरोना संक्रमणबाट इजरायलमा एक नेपाली महिलाको मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट इजरायलमा एक नेपाली महिलाको मृत्यु


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना भाइरसको सङ्क्रमणबाट इजरायलमा एक नेपाली महिलाको मृत्यु भएको छ ।

कोरोनाले ज्यान गुमाउनेमा सिन्धुपाल्चोककी आलोङ लामा रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

कोरोनाको कारण मृत्यु भएको र परिवारको सहमतिमा इजरायलमै अन्तिम संस्कार गरिएको दूतावासले जनाएको छ ।

‘यस दुःखको घडीमा हामी मृतात्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै, शोक सन्तप्त परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछौं’, दूतावासले बिज्ञप्तिमा उल्लेख गरिएको छ।

इजरायलमा पछिल्लो समय सङ्क्रमणको अवस्था तीब्र रुपमा बढ्दै गएकाले सावधानी अपनाउन नेपालीहरुलाई दूतावासले अनुरोध गरेको छ ।

इजरायल सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्दै सङ्क्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन इजरायलका लागि नेपाली राजदूत डा अन्जना शाक्यले अनुरोध गरेकी छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ११ : २७ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली