तिहारको व्यस्त बजार र ढकमक्क फूल (फोटोफिचर) | Khabarhub Khabarhub

तिहारको व्यस्त बजार र ढकमक्क फूल (फोटोफिचर)


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिहार सुरु भएसँगै काठमाडौं लगायतका शहरी क्षेत्रमा चहलपहल बढेको छ ।

कोरोना भाइरसको महामारीले दशैँमा सुनसानझैँ देखिएका काठमाडौँका बजारमा तिहारमा भने मानिसहरूको चहलपहल देखिएको ।

फूलको मालदेखि माटोको ‘पाला’ (दियो) र ढाँकाटोपी किन्नेहरुको भीड बढेको छ । मिठाइदेखि भाइ मसालासम्म किनेबेच गर्नेहरुको पनि उत्तिकै छन् ।

विशेषगरी तिहारका लागि आवश्यक पर्ने भाइमसला, मखमली, सयपत्रीका माला, दियो, ओखर, सप्तरंगी टिका, फलफूल, बिमिरो, रातो माटो, ढाका टोपी, झिलीमिली बत्तीहरु बिक्री भइरहेको व्यापारीहरु बताउँछन् ।

दाजुभाइको शिर उच्च रहोस् भन्ने मान्यताले तिहारमा दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीकासँगै ढाकाको टोपी लगाइदिने गर्छन् ।

लक्ष्मीपूजाका दिन घरघरमा धनकी देवी लक्ष्मीको पूजा गर्ने र फूलमाला र बत्तीले सजाउने हुँदा पनि तिहारका ५ दिन बजारमा अझ बढी चहलपहल हुन्छ ।

कोरोनाका कारण यस वर्ष पहिलेजस्तो चहलपहल भने छैन । विदेशबाट फूल आयात नहुने र स्वदेशी फूलले नै पुग्ने व्यवसायीको भनाइ छ।

कोरोना माहामारीले ठप्प भएको बजार लकडाउन खुलेपछि पनि पहिलेझैँ चलायमान भने हुन नसकेको व्यापारीहरू बताउँछन् ।

हेरौं केही तस्वीर

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १२ : १० बजे

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार