तिहारको व्यस्त बजार र ढकमक्क फूल (फोटोफिचर) « Khabarhub

तिहारको व्यस्त बजार र ढकमक्क फूल (फोटोफिचर)


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिहार सुरु भएसँगै काठमाडौं लगायतका शहरी क्षेत्रमा चहलपहल बढेको छ ।

कोरोना भाइरसको महामारीले दशैँमा सुनसानझैँ देखिएका काठमाडौँका बजारमा तिहारमा भने मानिसहरूको चहलपहल देखिएको ।

फूलको मालदेखि माटोको ‘पाला’ (दियो) र ढाँकाटोपी किन्नेहरुको भीड बढेको छ । मिठाइदेखि भाइ मसालासम्म किनेबेच गर्नेहरुको पनि उत्तिकै छन् ।

विशेषगरी तिहारका लागि आवश्यक पर्ने भाइमसला, मखमली, सयपत्रीका माला, दियो, ओखर, सप्तरंगी टिका, फलफूल, बिमिरो, रातो माटो, ढाका टोपी, झिलीमिली बत्तीहरु बिक्री भइरहेको व्यापारीहरु बताउँछन् ।

दाजुभाइको शिर उच्च रहोस् भन्ने मान्यताले तिहारमा दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीकासँगै ढाकाको टोपी लगाइदिने गर्छन् ।

लक्ष्मीपूजाका दिन घरघरमा धनकी देवी लक्ष्मीको पूजा गर्ने र फूलमाला र बत्तीले सजाउने हुँदा पनि तिहारका ५ दिन बजारमा अझ बढी चहलपहल हुन्छ ।

कोरोनाका कारण यस वर्ष पहिलेजस्तो चहलपहल भने छैन । विदेशबाट फूल आयात नहुने र स्वदेशी फूलले नै पुग्ने व्यवसायीको भनाइ छ।

कोरोना माहामारीले ठप्प भएको बजार लकडाउन खुलेपछि पनि पहिलेझैँ चलायमान भने हुन नसकेको व्यापारीहरू बताउँछन् ।

हेरौं केही तस्वीर

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १२ : १० बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ