कतार प्रवेशको प्रतिबन्ध हट्यो, नोभेम्बर १५ देखि नयाँ भिसा भएकालाई पनि प्रवेश अनुमति « Khabarhub

कतार प्रवेशको प्रतिबन्ध हट्यो, नोभेम्बर १५ देखि नयाँ भिसा भएकालाई पनि प्रवेश अनुमति


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना महामारीले नयाँ श्रमिक ल्याउन रोकेको कतारले नोभेम्बर १५ देखि सबै प्रतिबन्ध हटाएको छ ।

नयाँ श्रमिक ल्याउने कम्पनीले कतार सरकारले तोकेको नयाँ पारिश्रमिकको मापदण्ड पूरा गर्नुपर्नेछ ।

कोरोनाका कारण लगाइएको प्रतिबन्ध हटाइए पनि नयाँ श्रमिक ल्याउँदा नयाँ नियम पालना गर्ने कम्पनीको मात्र निवेदन स्वीकृत गरिने कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मन्त्रालयले जनाएको छ ।

कतार प्रवेश गर्नेले कोरोना नेगेटिभ भएको प्रमाण पत्र देखाउनु पर्ने छ । यस्तै सात दिन क्वारेनटाइन पनि बस्नु पर्नेछ । यो मापदण्ड पूरा गर्ने नयाँ श्रमिकले पनि कतार प्रवेशको अनुमती पाउने छन् ।

मोबाइलमा अनिवार्य एह्तराज एप्स डाउनलोड गर्नु पर्नेछ । यसघि कतारले कतारी आइडी होल्डर भएकाहरूलाई मात्र प्रवेश अनुमति दिदै आएको थियो ।

कतार सरकारको यो निर्णयसंगै छुट्टीमा गएर नेपालमै रोकिएका तथा नयाँ भिसा लागेर कतार जाने पर्खाइमा रहेका नयाँ नेपाली श्रमिकले पनि प्रवेश अनुमति पाउने छन् ।

मास्क नलगाई हिड्ने १६४ जान पक्राउ

मास्क नलगाई हिड्ने १६४ जनालाई कतारको आन्तरिक मन्त्रालयले पक्राउ गरेको छ । यस्तै सात व्यक्तिको सवारीसाधन नियन्त्रणमा लिइएको छ ।

उनीहरू सबैलाई सार्वजनिक मुद्दा चलाईएको मन्त्रालयले जनाएको छ ।

कतारमा सवारी चालकसहित एकै परिवारका चार जना मात्र हिड्न अनुमती दिइएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ६ : ५९ बजे

ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग

वीरगञ्ज- सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको