कतार प्रवेशको प्रतिबन्ध हट्यो, नोभेम्बर १५ देखि नयाँ भिसा भएकालाई पनि प्रवेश अनुमति « Khabarhub

कतार प्रवेशको प्रतिबन्ध हट्यो, नोभेम्बर १५ देखि नयाँ भिसा भएकालाई पनि प्रवेश अनुमति


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना महामारीले नयाँ श्रमिक ल्याउन रोकेको कतारले नोभेम्बर १५ देखि सबै प्रतिबन्ध हटाएको छ ।

नयाँ श्रमिक ल्याउने कम्पनीले कतार सरकारले तोकेको नयाँ पारिश्रमिकको मापदण्ड पूरा गर्नुपर्नेछ ।

कोरोनाका कारण लगाइएको प्रतिबन्ध हटाइए पनि नयाँ श्रमिक ल्याउँदा नयाँ नियम पालना गर्ने कम्पनीको मात्र निवेदन स्वीकृत गरिने कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मन्त्रालयले जनाएको छ ।

कतार प्रवेश गर्नेले कोरोना नेगेटिभ भएको प्रमाण पत्र देखाउनु पर्ने छ । यस्तै सात दिन क्वारेनटाइन पनि बस्नु पर्नेछ । यो मापदण्ड पूरा गर्ने नयाँ श्रमिकले पनि कतार प्रवेशको अनुमती पाउने छन् ।

मोबाइलमा अनिवार्य एह्तराज एप्स डाउनलोड गर्नु पर्नेछ । यसघि कतारले कतारी आइडी होल्डर भएकाहरूलाई मात्र प्रवेश अनुमति दिदै आएको थियो ।

कतार सरकारको यो निर्णयसंगै छुट्टीमा गएर नेपालमै रोकिएका तथा नयाँ भिसा लागेर कतार जाने पर्खाइमा रहेका नयाँ नेपाली श्रमिकले पनि प्रवेश अनुमति पाउने छन् ।

मास्क नलगाई हिड्ने १६४ जान पक्राउ

मास्क नलगाई हिड्ने १६४ जनालाई कतारको आन्तरिक मन्त्रालयले पक्राउ गरेको छ । यस्तै सात व्यक्तिको सवारीसाधन नियन्त्रणमा लिइएको छ ।

उनीहरू सबैलाई सार्वजनिक मुद्दा चलाईएको मन्त्रालयले जनाएको छ ।

कतारमा सवारी चालकसहित एकै परिवारका चार जना मात्र हिड्न अनुमती दिइएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ६ : ५९ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित