नेकपाको सचिवालय बैठक आज, दुवै समूह आन्तरिक छलफलमा « Khabarhub

नेकपाको सचिवालय बैठक आज, दुवै समूह आन्तरिक छलफलमा


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  बहुमत सचिवालय सदस्यको दबाबपछि आज हुन लागेको नेकपा सचिवालय बैठकअघि दुवै पक्षले आन्तरिक छलफलमा व्यस्त छन् ।

अपराह्न ४ बजे डाकिएको बैठकको खास एजेण्डा छैनन् । एजेण्डा नै तय नभएको यो बैठकमा दुवै पक्षले एक अर्काको प्रतिरक्षा गर्नेछन् । बैठकको निधो भएसँगै दुबै पक्षले छलफल तीव्र पारेका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालसहितका बहुमत सचिवालय सदस्यहरू ओलीले पार्टीभित्र सल्लाह नै नगरी महत्वपूर्ण राजनीतिक नियुक्तिलाई निरन्तरता दिएपछि रूष्ट छन् ।

२६ भदौको पार्टी  स्थायी कमिटी बैठक र विवाद समाधानका लागि गठित कार्यदलले दिएको म्यान्डेट विपरित ओली अघि बढिरहेपछि दाहाल-नेपालसहितका बहुमत सचिवालय सदस्यहरूले अब कसरी प्रस्तुत हुने भनेर छलफल तीव्र पारेका छन् ।

स्रोतका अनुसार पार्टी निर्देशनविपरित ओली अघि बढिरहेकाले उनीविरूद्ध बहुमतमा निर्णय गरेर अघि बढ्ने तयारीमा दाहाल-नेपाल समूह छ । तर, बहुमतमा निर्णय भए पार्टी नै फुट्नेसम्मको चेतावनी ओलीले दिएकाले आज उनको प्रष्ट मनसाय बुझेर अघि बढ्ने गरीको तयारी दाहाल-नेपालले गरेको निकट स्रोतले जानकारी दिएको छ ।

यता, ओलीले भने पार्टीको काममा केन्द्रित हुने पर्ने दाहालले स-साना नियुक्ति र सरकारी काममा पनि हस्तक्षेप गरेको ठहर गरेको छ । पार्टी र सरकार सञ्चालनमा दुई अध्यक्षको कार्यादेश प्रष्ट हुने गरी प्रष्ट कार्यविभाजन गरी अघि बढ्नु पर्ने विषयलाई ओलीले छलफलमा लान लागेको उनी निकट नेताहरूले बताएका छन् ।

ओली- दाहालबीच पटक/पटक भएका छलफल निचोडमा नपुगेपछि दाहालसहितका पाँच नेताको सचिवालय बैठक राख्न माग गरेका थिए ।

बहुमत सचिवालय सदस्यको तारन्तरको दबाबपछि ओलीले  शुक्रबार अपराह्न ४ बजे बैठक राख्न सहमत भएका थिए ।

एकलौटीरूपमा राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध ल्याइएको अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेटेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १० : ०५ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड