कोरोनाको महामारीले चिज ब्यवसायी मारमा, चिज नबिक्दा समस्या « Khabarhub

कोरोनाको महामारीले चिज ब्यवसायी मारमा, चिज नबिक्दा समस्या


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- कोरोना महामारीको असर चिज उद्योगमा समेत परेको छ । महामारीका कारण बाहिरी देश निर्यात हुने चिज निर्यात हुन नसक्दा व्यवसायी मारमा परेका छन् ।

विदेशी पर्यटकको मुख्य रोजाइमा पर्ने चिज निर्यात नहुँदा व्यवसायीहरु गोदाममा थन्क्याएर राख्न बाध्य भएको सूर्योदय नगरपालिकामा रहेको लक्की डेरी उद्योगका प्रोप्राइटर तुलु तामाङले बताए ।

नेपालका मुख्य बजारहरुमा कोरोनाका सङ्क्रमितहरु बढ्दै जान थालेपछि इलाममा करोडौँ रुपैयाँ भित्र्याउने चिज उद्योगले असर भोगिरहेको छ ।

लकडाउन र महामारीको शुरूवाती अवस्था अर्थात चार महिना खासै असर नभोगेका चिज उद्योगीहरुलाई पर्यटनको सिजन शुरु भएसँगै विक्रीमा समस्या भएको उनले बताए ।

चिज विदेशी पर्यटकहरुले रुचाउने परिकार हो । मुख्य शहरमा सङ्क्रमण बढ्दै जानु र पर्यटकको आगमन शुन्य भएपछि गोदाममा थन्क्याउनुको विकल्प नभएको उद्योगीहरुको भनाइ छ ।

इलाममा वार्षिक २० करोडभन्दा बढीको चिज उत्पादन हुने गरेको छ । व्यावसायिकरूपमा दूध उत्पादन गर्दै आएका इलामका कृषक र दुग्धजन्य सामग्रीको उत्पादन गर्ने उद्योग प्रत्यक्ष समस्यामा परेका छन् ।

निजीस्तरबाट सञ्चालित डेरी, चिज, छुर्पीलगायत उद्योग बन्द भएका छन् । यी उद्योगमा दूधको खपत धेरै हुने गरेको थियो ।

कोरोनाका कारण देशकै ठूलो इलामको पशुपतिनगरमा रहेको चिज उत्पादन केन्द्र बन्द छ ।

तीन हजार लिटर क्षमताको पशुपतिनगर चीज उत्पादन केन्द्रमा कोरोनाअघि दूध सङ्कलन हुने गरेको थियो । तर, कोरोना शुरु भएसँगै जिल्लामा सञ्चालित अन्य सरकारी चिज उद्योगसमेत बन्द गरिएको छ ।

जिल्लामा एक दर्जनभन्दा बढी सरकारी र निजी चिज उद्योग सञ्चालनमा रहेका छन् । विशेष गरेर जिल्लामा माथिल्लो भेगमा चिज उत्पादन गर्ने गरिन्छ ।

जिल्लाको बाघखोर, देउराली, पशुपतिनगर, नयाँबजार लगायतका ठाउँमा व्यावसायिकरूपमा चिज उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १० : ५५ बजे

मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु

खार्तुम – मध्य सुडानको भीडभाड रहेको बजारमा ड्रोन आक्रमणमा परी

घाइते चितुवा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची – जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट

मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय