कोरोनाको महामारीले चिज ब्यवसायी मारमा, चिज नबिक्दा समस्या « Khabarhub

कोरोनाको महामारीले चिज ब्यवसायी मारमा, चिज नबिक्दा समस्या


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- कोरोना महामारीको असर चिज उद्योगमा समेत परेको छ । महामारीका कारण बाहिरी देश निर्यात हुने चिज निर्यात हुन नसक्दा व्यवसायी मारमा परेका छन् ।

विदेशी पर्यटकको मुख्य रोजाइमा पर्ने चिज निर्यात नहुँदा व्यवसायीहरु गोदाममा थन्क्याएर राख्न बाध्य भएको सूर्योदय नगरपालिकामा रहेको लक्की डेरी उद्योगका प्रोप्राइटर तुलु तामाङले बताए ।

नेपालका मुख्य बजारहरुमा कोरोनाका सङ्क्रमितहरु बढ्दै जान थालेपछि इलाममा करोडौँ रुपैयाँ भित्र्याउने चिज उद्योगले असर भोगिरहेको छ ।

लकडाउन र महामारीको शुरूवाती अवस्था अर्थात चार महिना खासै असर नभोगेका चिज उद्योगीहरुलाई पर्यटनको सिजन शुरु भएसँगै विक्रीमा समस्या भएको उनले बताए ।

चिज विदेशी पर्यटकहरुले रुचाउने परिकार हो । मुख्य शहरमा सङ्क्रमण बढ्दै जानु र पर्यटकको आगमन शुन्य भएपछि गोदाममा थन्क्याउनुको विकल्प नभएको उद्योगीहरुको भनाइ छ ।

इलाममा वार्षिक २० करोडभन्दा बढीको चिज उत्पादन हुने गरेको छ । व्यावसायिकरूपमा दूध उत्पादन गर्दै आएका इलामका कृषक र दुग्धजन्य सामग्रीको उत्पादन गर्ने उद्योग प्रत्यक्ष समस्यामा परेका छन् ।

निजीस्तरबाट सञ्चालित डेरी, चिज, छुर्पीलगायत उद्योग बन्द भएका छन् । यी उद्योगमा दूधको खपत धेरै हुने गरेको थियो ।

कोरोनाका कारण देशकै ठूलो इलामको पशुपतिनगरमा रहेको चिज उत्पादन केन्द्र बन्द छ ।

तीन हजार लिटर क्षमताको पशुपतिनगर चीज उत्पादन केन्द्रमा कोरोनाअघि दूध सङ्कलन हुने गरेको थियो । तर, कोरोना शुरु भएसँगै जिल्लामा सञ्चालित अन्य सरकारी चिज उद्योगसमेत बन्द गरिएको छ ।

जिल्लामा एक दर्जनभन्दा बढी सरकारी र निजी चिज उद्योग सञ्चालनमा रहेका छन् । विशेष गरेर जिल्लामा माथिल्लो भेगमा चिज उत्पादन गर्ने गरिन्छ ।

जिल्लाको बाघखोर, देउराली, पशुपतिनगर, नयाँबजार लगायतका ठाउँमा व्यावसायिकरूपमा चिज उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १० : ५५ बजे

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज