फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी « Khabarhub

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले तोडफोड, लुटपाट र आगजनीको निन्दा गरेका छन् । उनले आवश्यक परे प्रदर्शन र्‍यालीमा प्रतिबन्ध लगाइने चेतावनी दिएका छन् । यद्यपि, उनले आपतकालीन अवस्था वा कर्फ्यु घोषणा गरेका छैनन् ।

गृह मन्त्रालयका अनुसार शनिबारको प्रदर्शनका क्रममा करिब दुई हजार चार सय जना पक्राउ परेका छन् भने झन्डै एक हजार प्रहरी तथा सैनिक प्रहरी घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ । प्रदर्शनका क्रममा नगरपालिकाका भवनमा आगजनी हुनुका साथै सयौँ व्यवसायमा लुटपाट र तोडफोड भएको छ ।

म्याक्रोनले वैध माग राखेर प्रदर्शन गर्ने र हिंसा तथा लुटपाटमा संलग्न हुनेहरूबीच भिन्नता गर्नुपर्ने बताएका छन् । उनले सहरहरूमा अनियन्त्रित हिंसा फैलाउने अपराधी तथा अतिवामपन्थी समूहविरुद्ध कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार पेरिसमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र स्तब्ध पार्ने ग्रेनेड प्रहार गरेको थियो । अधिकारीहरूका अनुसार प्रदर्शनकारीले प्रहरीमाथि बोतल र ढुङ्गा प्रहार गरेका थिए । राजधानीमा १०८ जना पक्राउ परेका छन् भने रिपब्लिक स्क्वायर आसपास कम्तीमा पाँच पसलमा लुटपाट भएको छ । लियोनमा पनि पसल लुट्ने प्रयासका क्रममा झडप भएको छ ।

हिंसाले आगामी राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक बहससमेत चर्काएको छ । दक्षिणपन्थी नेसनल र्‍याली पार्टीकी नेतृ मरिन ले पेनले घटनाले म्याक्रोनको प्रशासन कमजोर र दिशाहीन भएको देखाएको टिप्पणी गरेकी छन् । कट्टर वामपन्थी नेता जिन–लुक मेलेनचोनले पनि अवस्था नियन्त्रणबाहिर जान सक्ने चेतावनी दिएका छन् । म्याक्रोनले भने हिंसाको सट्टा बहसमा आधारित निर्वाचन हुनुपर्ने बताएका छन् ।

प्रदर्शनमा मजदुर सङ्गठन, ‘यल्लो भेस्ट’ आन्दोलनका सहभागी र विद्यार्थी सहभागी भएका थिए । उनीहरूले जीवनयापनको बढ्दो लागत र युवाहरूको भविष्यप्रतिको चिन्ता व्यक्त गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हिंसाका लागि आप्रवासनलाई दोष दिएका छन् ।

म्याक्रोनले हिंसाबाट प्रभावित व्यवसायलाई सहयोग गर्ने र सुरक्षा निकायको कारबाहीमा पारदर्शिता अपनाउने बताएका छन् । उनले गृहमन्त्री लरेन्ट नुनेजलाई सुरक्षा सूचना सङ्कलन र घटनाको पूर्वानुमानमा देखिएका कमजोरीबाट पाठ सिक्न निर्देशन दिएका छन् ।

हिंसाका क्रममा विभिन्न सहरमा गम्भीर क्षति पुगेको छ । लिमोजिसमा १९औँ शताब्दीमा निर्मित नगरपालिकाको भवन आगलागीमा नष्ट भएको छ भने लियोनस्थित पर्यटक सूचना कार्यालयमा पनि आगजनी गरिएको छ ।

सेन्ट–एटिनेमा भिड नियन्त्रणका क्रममा प्रयोग गरिएको ग्रेनेड लागेर १७ वर्षीय किशोरको दाहिने हात गुमेको छ । मुलहाउसमा १७ वर्षीया किशोरीले आँखाको दृष्टि गुमाएको अभियोजनकर्ताहरूले बताएका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  १२ : ३७ बजे

टाइगर श्राफको कारमा गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले