महाधिवेशन मितिबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै « Khabarhub

महाधिवेशन मितिबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

सरकारविरूद्धको रणनीति पनि तय गर्ने तयारी  


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शीर्ष नेताहरूको विवादका कारण चार पटकसम्म स्थगित नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशनको नयाँ मिति र सरकारविरूद्धको आगामी रणनीति तय गर्ने विषयमा छलफल हुने नेता डा.प्रकाशशरण महतले जानकारी दिए ।

‘कोरोना महामारीले महाधिवेशन समयमा नहुने लगभग निश्चित छ आजको बैठकमा यसबारे र स्वच्छाचारी भइरहेको सरकारविरूद्ध सम्भवतः रणनीति तय हुन्छ,’ महतले खबरहबसँग भने ।

सरकारले संसद अधिवेशन स्थगित गरेर स्वच्छाचारी ढंगले अघि बढिरहेका तथा महामारीमा रहेका जनतलाई राहत हुने कार्यक्रम कार्यान्वयनमा कन्जुस्याँई गरेकाले त्यसबारे पनि कसरी अघि बढ्ने भन्नेबारे छलफल हुने महतले बताए ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच महाधिवेशनको मितिमा मतभेद छ ।

कोरोना महामारीका कारण आगामी फागुन ७ देखि १० गतेसम्मका लागि तय भएको कांग्रेस महाधिवेशन नहुने लगभग निश्चित छ ।

तर, क्रियाशिल सदस्यताको नविकरण र वितरण नहुँदा तथा नयाँ मिति नतोकिँदा कांग्रेसको स्थानीय तहका अधिवेशनहरू पनि हुन सकेका छैनन् ।

पार्टीका विभिन्न विभागमा भएका नियुक्ति, क्रियाशील सदस्यता वितरण, संगठन समायोजन, भ्रातृ संस्थाको पदावधि, विदेशस्थित जनसम्पर्क समितिलगायत विषयमा शीर्ष नेताहरूबीच विवाद भएपछि चार पटकसम्म स्थगित बैठक आज हुन लागेको हो ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ११ : १७ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक