हुम्लामा ४ नयाँ सङ्क्रमित भेटिए « Khabarhub

हुम्लामा ४ नयाँ सङ्क्रमित भेटिए


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट –  कात्तिक १८ गतेदेखि कोरोना सङ्क्रमण मुक्त भएको हुम्लामा बिहीबार राति चार नयाँ सङ्क्रमित भेटिएका छन् । कोरोना लक्षण भएको आशङ्कामा स्वाब परीक्षणका लागि सुर्खेत पठाइएको थियो । राति चार जनामा कोरोना पोजेटिभ नतिजा देखाएको हो ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङका ५ जना स्थानीयको स्वाब परीक्षण गर्दा एक जना नेगेटिभ अन्य चार जनामा पोजेटिभ देखाएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।

पछिल्लो समय ६३, ६०, ३१, र १६ वर्ष उमेर समुहका याल्वाङका स्थानीयमा सङ्क्रमण देखिएको फडेराले बताए । उनीहरुमध्ये तीन जना महिला र एक जना पुरुषमा छन् ।

कोरोना मुक्त भएको यस जिल्लामा पछिल्लो एक हप्तामा ठूला कार्यक्रम, उद्घाटन आमसभालगायत मानिसको भीडभाडसहित कार्यक्रम भएको थियो । कोरोना सङ्क्रमणको कुनै प्रवाह नगरी जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले दुई दिन अगाडि मात्रै ठूलो सङ्ख्यामा नागरिकको उपस्थित गराएर कार्यक्रम गरेको थियो ।

हुम्लामा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिए पनि परीक्षणका लागि स्वाब सङ्कलन नगर्दा सङ्क्रमित नभेटिएको अगुवाले बताउने गरेका छन् । जिल्लामा पहिलो पटक असोज ३ गते एक जना युवतीमा कोरोना सङ्क्रमण देखिएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १२ : १३ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी