मेगा बैंकको नाफा पहिलो त्रैमासमा नै ३८ प्रतिशतले वृद्धि « Khabarhub

मेगा बैंकको नाफा पहिलो त्रैमासमा नै ३८ प्रतिशतले वृद्धि


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मेगा बैंकको नाफा चालु आवको पहिलो त्रैमासमा नै ३८ प्रतिशतले वृद्धि भएको छ ।

पहिलो त्रैमासमा बैंकले ६० करोड ७९ लाख खुद नाफा कमाएको छ । यो रकम गत आवको सोही अवधीको भन्दा ३८.९७ प्रतिशतले बढी हो । बैंकले गत वर्षको पहिलो त्रैमासमा ४३ करोड ७४ लाखमात्रै नाफा कमाएको थियो ।

बैंकको वितरण योग्य मुनाफा ५ करोड ५६ लाख रहेको छ । बैंकको खुद ब्याज आम्दानी बढाउँदा नाफा पनि बढेको हो । बैंकले ३ महिनामा १ अर्ब ३३ करोड खुद ब्याज आम्दानी गर्न सफल भएको छ ।

मेगा बैंकले निक्षेप भने झण्डै २ अर्वले बढाएको छ । १ खर्ब २७ अर्ब ८९ करोडबाट बढेर १ खर्ब २९ अर्ब ६१ करोड पुर्‍याएको छ । त्यस्तै कर्जामा पनि ७ अर्व बढाएको छ । कर्जा १ खर्ब १० अर्बबाट बढेर १ खर्ब १७ अर्ब ६९ करोड पुगेको छ ।

१३ अर्ब १३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९९ करोड राख्न सफल भएको छ । प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४८ पैसाबाट बढेर १८ रुपैयाँ २१ पैसा पुगेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १२ : २५ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक