चाडपर्वका लागि पौने ३ अर्बको फलफूल आयात | Khabarhub Khabarhub

चाडपर्वका लागि पौने ३ अर्बको फलफूल आयात


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले फलफूलमा स्वदेशी उत्पादन प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याउने गरेको छ । कतिपय क्षेत्रलाई उत्पादनको सुपर जोन अर्थात पकेट क्षेत्र समेत घोषणा गरेको छ ।

फलफूलकोे आयात भने कम हुन सकेको छैन । फलफूलको माग पनि बढ्दो क्रममा छ । हाल नेपालका हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र मुस्ताङ गरी ६ जिल्लामा स्याउ उत्पादन हुने गरेको छ । अन्य जिल्लामा स्याउखेती विस्तार हुन सकेको छैन । नेपालमा वर्षेनी ५ अर्ब रुपैयाँभन्दा बढीको स्याउ आयत हुने गरेको छ ।

पौने ३ अर्बको आयात

फलफूलमा नेपाली उत्पादनले माग धान्न सक्दैन । अझ चाडपर्वमा अन्य समयमा भन्दा फलफूलको माग दोब्बर हुने गरेको छ । विशेष गरी दशैँ, तिहार र छठजस्ता ठूला चाडका लागि ठूलो परिमाणमा फलफूल आयात हुने गरेको छ । आर्थिक वर्षमा पहिलो तीन महिना साउन, भदौ र असोजमा फलफूलको आयात बढी हुने गरेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार यस वर्ष यी तीन महिनामा २ अर्ब ७७ करोड रुपैयाँको फलफूल आयात भएको छ । गत वर्ष यही अवधिमा ३ अर्ब ६७ करोडको आयात भएको थियो ।

विभागको तथ्यांकअनुसार यस वर्ष केरा १७ करोड ९२ लाख, अम्बा ५१ लाख ३७ हजार, सुन्तला ६२ लाख १० हजार र अमिलो फलफूल ५० लाख ६४ हजार रुपैयाँको आयात भएको छ ।

त्यस्तै, स्याउ १ अर्ब ३४ करोड ५४ लाखको र कागती २२ करोड ९६ लाख ७८ हजार मूल्यको आयत भएको छ । अन्य ताजा फलफूल २८ करोड ५५ लाख रुपैयाँको आयात भएको छ ।

फलफूलको बजार घटेको छैन

हरेक वर्ष चाडपर्वका समयमा फलफूलको आयात तीन गुणाले बढ्ने गरेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले जनाएको छ ।

कोभिडका कारण विगतमा जस्तो खपत नभए पनि आयात भएको फलफूल फ्याँक्नुपर्ने अवस्था नभएको बताउँछन् महासंघका अध्यक्ष खोमप्रसाद घिमिरे । मानिसहरुले चाडपर्वमा मात्र नभई अन्य समयमा पनि फलफूल खाने भएकाले यसको मागअनुसार आपूर्ति हुने उनले बताए ।

घिमिरेका अनुसार सामान्य दिनमा काठमाडौँ उपत्यकामा ४ सय टन फलफूल खपत हुने गरेको छ । चाडपर्वका समयमा हजार टनसम्म पुग्ने गरेको छ ।

सामान्यतया दसैँमाभन्दा तिहारमा फलफूल बढी खपत हुने गरेको छ । ‘विगतका वर्षमा पनि चाडपर्वको समयमा दैनिक ८ सयदेखि हजार टनसम्म फलफूल खपत हुने गथ्र्यो अहिले पनि त्यति नै भइरहेको छ उनले भने, ‘कोभिडकै कारण फलफूलको व्यवसाय ठप्प भएको छैन ।’
नेपालमा बढी फलफूल भारत र चीनबाट आयत हुने गरेको छ ।

गतवर्षको तुलनामा मूल्य वृद्धि

गत वर्षको तुलनामा यसवर्ष फलफूलको मूल्यमा केही वृद्धि भएको छ । अहिले केरा प्रतिदर्जन १२० रुपैयाँसम्म, सामान्य स्याउ प्रतिकेजी सयदेखि एकसय २० रुपैयाँ प्रतिकेजी, फुजी स्याउ २५० रुपैयाँ प्रतिकिलो रहेको छ ।

त्यस्तै स्वदेशी अम्बा प्रतिकेजी ५० देखि ७० रुपैयाँ, भारतीय सुन्तला ८० रुपैयाँ र अनार २ सय रुपैयाँ रहेको नेपाल फलफूल थोक व्यवसायी संघले जनाएको छ । गत वर्षको तुलनामा यो वर्ष चाडपर्वका समयमा प्रतिकेजी १० देखि १५ रुपैयाँसम्म मूल्य बढेको संघका कोषध्यक्ष काशीराम सापकोटाले बताए ।

‘केरुङ र तातोपानी नाका नखुल्दा फलफूल कलकत्ताबाट आइरहेको छ । यसमा खर्च बढी पर्न गयो,’ सापकोटाले खबरहबसँग भने, ‘यस मूल्यमा थोरै बढ्यो ।’

वार्षिक झण्डै १५ अर्बको आयात

भन्सार विभागको तथ्यांकअनुसार हरेक वर्ष झण्डै अर्ब रुपैयाँको फलफूल आयात हुने गरेको छ ।

आर्थिक वर्ष २०७५÷७६ मा १३ अर्ब २८ करोड ४१ लाख र २०७६/७७ मा १२ अर्ब १० करोड रुपैँयाको फलफूल आयात भएको छ । बढी आयात हुनेमा केरा, आँप, अंगुर, स्याउ, सुन्तला, कागती तथा अन्य अमिलो फलफूल छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ३ : ०४ बजे

निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका पर्यटकबाट ३० करोड राजश्व

गण्डकी – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा

भारतका प्रधान न्यायाधीश गवई भेटघाटमा व्यस्त, न्यायिक सहकार्यमा जोड

काठमाडाैं – भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा

एमालेमा विद्यालाई रोक्न नहुने मत बलियो, समूह छलफलमा प्रदेश अध्यक्ष समेतले गरे नेतृत्वको आलोचना

काठमाडाैं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअन्तर्गत प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा

इन्द्रजात्राको महाकाली नाचमा सहभागी कलाकारहरू (तस्बिरहरू)

काठमाडौं – इन्द्रजात्रामा महाकाली नाचको प्रस्तुतिमा सहभागी कलाकारहरूले इन्द्रजात्राको क्रममा

आँखा शिविरबाट ज्येष्ठ नागरिक लाभान्वित

महोत्तरी – पछिल्ला पाँच/छ वर्षदेखि मोतीविन्दुले आँखा ढाकेपछि भङ्गाहा–७ मेघनाथ