काठमाडौं उपत्यकामा थपिए १२०७ कोरोना संक्रमित | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थपिए १२०७ कोरोना संक्रमित


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप १ हजार २०७ जनामा कोरोना पुष्टि भएको हो।

संक्रमित हुनेमा ५२६ महिला र ६८१ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ९१९, भक्तपुरमा १०८ र ललितपुरमा १८० गरी १ हजार २०७ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै पछिल्लो २४ घण्टामा देशभर २ हजार १११ जनामा कोरोना पुष्टि भएको मनत्रालयले जनाएको छ।

यसअघि विहीबार (हिजो) काठमाडौंमा ७६४, भक्तपुरमा ८३ र ललितपुरमा १२६ गरी जम्मा ९७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ४ : ४२ बजे

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको