जर्मन बुन्डेशलिगा उपाधि दाबेदार बोरूसिया डर्टमण्डको लज्जास्पद हार « Khabarhub

जर्मन बुन्डेशलिगा उपाधि दाबेदार बोरूसिया डर्टमण्डको लज्जास्पद हार


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मन बुन्डेशलिगा उपाधि दाबेदार मानिएको बोरुसिया डर्टमण्डले लज्जास्पद हार बेहोरेको छ ।

शनिबार घरेलु मैदानमा डर्टमण्ड यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको क्लब भीएफबी स्टटगार्टसंग ५–१ गोल अन्तरले पराजित भयो ।

२६औँ मिनेटमा सिलास वामानगितुका फुन्डुले पेनाल्टीमा गोल गर्दै स्टटगार्टलाई अघि बढाएका थिए ।

जियोवन्नी रेयनाले ३९औँ मिनेटमा डर्टमण्डका लागि बराबरी गोल फर्काएका थिए ।

तर, दोस्रो हाफमा ४ गोल गर्दै पाहुना टोलीले डर्टमण्डविरुद्ध अप्रत्यासित नतिजा आत्मसाथ गरेको हो ।

सिलास वामनगितुकाले ५३औँ मिनेटमा स्टटगार्टलाई २–१ ले अघि बढाए । फिलिप फोस्टरले ६०औँ मिनेटमा पाहुना टोलीको अग्रतालाई ३–१ को अवस्थामा पुर्‍याए । त्यसको तीन मिनेटमा तन्गी कोलीबालले स्टटगार्टका लागि एक गोल थपे ।

इन्ज्युरी समयमा निकोलस गोन्जालेजले गोल गर्दै नवप्रवेशी क्लबलाई ५–१ को फराकिलो जित दिलाए ।

पराजयपछि डर्टमण्डलाई तालिकाको पाँचौ स्थानमा रहेको छ । स्टटगार्ट भने १७ अंकसहित तालिकाको छैठौँ स्थानमा छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ६ : १० बजे

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

बाँके– बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन किसानलाई समस्या हुन थालेको