जर्मन बुन्डेशलिगा उपाधि दाबेदार बोरूसिया डर्टमण्डको लज्जास्पद हार « Khabarhub

जर्मन बुन्डेशलिगा उपाधि दाबेदार बोरूसिया डर्टमण्डको लज्जास्पद हार


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मन बुन्डेशलिगा उपाधि दाबेदार मानिएको बोरुसिया डर्टमण्डले लज्जास्पद हार बेहोरेको छ ।

शनिबार घरेलु मैदानमा डर्टमण्ड यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको क्लब भीएफबी स्टटगार्टसंग ५–१ गोल अन्तरले पराजित भयो ।

२६औँ मिनेटमा सिलास वामानगितुका फुन्डुले पेनाल्टीमा गोल गर्दै स्टटगार्टलाई अघि बढाएका थिए ।

जियोवन्नी रेयनाले ३९औँ मिनेटमा डर्टमण्डका लागि बराबरी गोल फर्काएका थिए ।

तर, दोस्रो हाफमा ४ गोल गर्दै पाहुना टोलीले डर्टमण्डविरुद्ध अप्रत्यासित नतिजा आत्मसाथ गरेको हो ।

सिलास वामनगितुकाले ५३औँ मिनेटमा स्टटगार्टलाई २–१ ले अघि बढाए । फिलिप फोस्टरले ६०औँ मिनेटमा पाहुना टोलीको अग्रतालाई ३–१ को अवस्थामा पुर्‍याए । त्यसको तीन मिनेटमा तन्गी कोलीबालले स्टटगार्टका लागि एक गोल थपे ।

इन्ज्युरी समयमा निकोलस गोन्जालेजले गोल गर्दै नवप्रवेशी क्लबलाई ५–१ को फराकिलो जित दिलाए ।

पराजयपछि डर्टमण्डलाई तालिकाको पाँचौ स्थानमा रहेको छ । स्टटगार्ट भने १७ अंकसहित तालिकाको छैठौँ स्थानमा छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ६ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै