भारतीयको कुटाइबाट ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग « Khabarhub

भारतीयको कुटाइबाट ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको डाक्नेश्वरी नगरपालिकामा भारतीयको कुटाइबाट मृत्यु भएका परिवारलाई नगरपालिकाले नगदसहित आर्थिक सहयोग प्रदान गरेको छ ।

वडा नं ६ कटैया गाउँमा भारतीय सीमानामा खेतमा बाली खाएको विषयमा झगडा हुँदा भारतीयको कुटपिटबाट स्थानीय रामदेव यादवको तीन महिना अगाडि मृत्यु भएको थियो ।

मृतक यादवकी श्रीमतीलाई नगरपालिकाका उपप्रमुख इन्दुदेवी यादवले आर्थिक सहयोगस्वरूप तत्काल ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरिन् ।

श्रीमानको मृत्यु भएपछि इन्दुदेवीको परिवारले कष्टकर जीवन यापन गर्दै आएको थियो । घरपरिवारलाई गुजारा गर्न समस्या भइरहेको अवस्थामा नगरपालिकाले आर्थिक सहयोग गरेको स्थानिय महेन्द्र सदाले जानकारी दिए ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ८ : ३० बजे

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने