मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–१३ मा प्रदेश १–०२ –०४२ प ९६४२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी सप्तरीको राजविराज घर भई विराटनगर–१३ मा बस्दै आएकी ६१ वर्षीया शान्तिदेवी देवको शनिबार साँझ पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल र चालक मोरङको कटहरी गाउँपालिका–१ का ३० वर्षीय वीरबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ९ : ५९ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ