बेवकुफ व्यक्ति विगतको कुरा गरेर बस्छ : नेपोलियन बोनापार्ट « Khabarhub

बेवकुफ व्यक्ति विगतको कुरा गरेर बस्छ : नेपोलियन बोनापार्ट


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नेपोलियन बोनापार्टको जन्म अगस्ट १५, १७६९ मा कोर्सिकाको एक मध्यम वर्गीय परिवारमा भएको थियो।

उनका पुर्खाहरू १६औं सताब्दीमा कोर्सिका आएर बसे। उनी एक फ्रान्सेली सैनिक तथा राजनीतिक नेता थिए जसले पछिल्लो फ्रान्सेली क्रान्ति तथा यससँग सम्बन्धित युद्धका समयमा ख्याति कमाए ।

उनी नेपोलियन प्रथमको रूपमा सन् १८०४ देखि १८१४ सम्म तथा सन् १८१५ मा र फेरि दोस्रो पटक फ्रान्सको सम्राट भए ।

नेपोलियनले युरोपभर उदारवादी सामाजिक सुधारहरू लागू गरे। जनतामाथि महाजनहरूको आधिपत्यको उन्मुलन, सबै वर्गका जनताका लागि समान कानून, धार्मिक सहिष्णुता तथा सम्बन्धबिच्छेदलाई कानूनीमान्यता जस्ता उनका सामाजिक सुधारका कामहरु हुन् ।

नेपोलियन बोनापार्टको केही महत्वपूर्ण भनाइहरु हामीले यहाँ प्रस्तुत गरेका छौँ जुन तपाइँका लागि  प्रेरणादायी बन्न सक्नेछन् ।

१. तिमी मलाई एउटी असल आमा देऊ, म तिमीलाई एउटा असल राष्ट्र दिनेछु ।

२. संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक नभइ असल मान्छेको मौनता हो ।

३. असंभव भन्ने शब्द मूर्खहरूको शब्दकोशमा मात्र भेटिन्छ ।

४. अवसरविना क्षमता केही होइन ।

५. एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।

६. कुनै पनि कार्य सुसम्पन्न होस् भन्ने चाहन्छौ भने त्यो कार्य तिमी स्वयंले गर ।

७. एकजनाले गर्न सक्ने सबै गर्नु मानव बन्नु हो भने एकजनाले इच्छ्याएको जति गर्नु इश्वर बन्नु हो ।

८. त्यहाँ जम्मा दुइ शक्ति छन् जसले मानवलाई अघि धकेल्दछ, भय र इच्छा ।

९. मर्नुभन्दा सहेर बाँच्नको लागि बढी हिम्मत चाहिन्छ ।

१०. यदी तिमी सफल हुन चाहान्छौँ भने, सबै कुरामा प्रतिबद्ध बन तर आफ्नो योजना अरुलाई नबाँड ।

११. निरन्तर अभ्यस गरिने मानिसले विजय प्राप्त गर्छ ।

१२. जो व्यक्ति जित्नको लािग अगाडि बढ्न डराउँछ, त्यो व्यक्तिको हार निश्चित हुन्छ ।

१३. बेवकुफ व्यक्ति विगतको कुरा गरेर बस्छ, बुद्धिमान व्यक्ति वर्तमानमा व्यस्त रहन्छ र मुर्ख व्यक्ति भविष्यका गफ मात्र हाँकेर बस्छ ।

१४. तिमिीले आफ्नो पखेटा नखोलुन्जेल, तिम कति माथि उड्न सक्छौँ भन्ने थाहा पाउन सक्दैनौँ ।

१५. ठूलो सफलता हासिल गर्नका लागि आफ्नो मूख्य सत्र हरेक १० बर्षमा परिवर्तन गर्नुपर्दछ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ६ : ३५ बजे

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा