हिमालय क्षेत्रको महत्व बुझ्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आग्रह « Khabarhub

हिमालय क्षेत्रको महत्व बुझ्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आग्रह

संरक्षित क्षेत्र बढाउने घोषणा


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालय बढ्दो विश्वव्यापी तापक्रम घटाउन हिमालय क्षेत्रले पुर्‍याएको योगदानको स्मरण गर्न विश्व समुदायलाई आग्रह गरेका छन् ।

संयुक्त राष्टसंघीय जलवायु सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पर्यावरण सन्तुलन कायम राख्न हिमालय क्षेत्रको योगदानको स्मरण गर्दै यसको महत्वलाई चिन्न विश्व समुदायलाई आग्रह गरेका हुन् ।

विश्व तापमान नियन्त्रण गर्न हिमालय क्षेत्र जोगाउने चुनौती थपिएको पनि उनले बताए ।

यस्तै नेपालले संरक्षित क्षेत्र २३ प्रतिशतबाट वृद्धि गरी ३० प्रतिशत बनाउने घोषणा पनि उनले गरेका छन् ।

संरक्षित क्षेत्रलाई विस्तार गरी जैविक विविधताको जर्गेना गर्ने लक्ष्य लिएको बताउँदै उनले सन् २०२१ सम्ममा राष्ट्रिय अनुकूलन योजना एवं त्यस अनुरुप जलवायु वित्त रणनीति र मागचित्र निर्माण गरिने प्रष्ट्याएका छन् ।

आगामी दशकभित्र ७५३ वटै स्थानीय तहमा जलवायु उत्थानशील अनुकूलन योजना लागू गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।

‘यी महत्वाकांक्षाहरु लागू गर्न हामीलाई जलवायु वित्तमा सहज र पर्याप्त पहुँच अत्यावश्यक हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ‘हरित यात्रामा एकसाथ अघि बढ्न हामीले सबै मुलुकहरुको साथ अपेक्षा गर्दछौं।’

कोभिड-१९ का कारण संयुक्त राष्टसंघीय जलवायु परिवर्तन सम्बन्धी खाका महासन्धी पक्ष राष्ट्रहरुको २६औँ सम्मेलन (कोप २६) स्थगित भएपछि चिली, फ्रान्स, इटाली, संयुक्त अधिराज्य र  संयुक्त राष्ट्र संघले यो सम्मेलनको आयोजना गरेका हुन् ।

सम्मेलनमा पेरिस सम्झौता एवं विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रतिबद्धतामा नेपालको साथ रहेको पनि उनले जनाएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ९ : २९ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ