१७ कर्मचारीलाई कोरोना भएपछि अछाम जिल्ला अस्पताल सिल | Khabarhub Khabarhub

१७ कर्मचारीलाई कोरोना भएपछि अछाम जिल्ला अस्पताल सिल


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामस्थित जिल्ला अस्पताल सिल गरिएको छ ।

अस्पतालमा कार्यरत १७ जना कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अनिश्चितकालका लागि अस्पताल सिल गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

निर्देशनालयका अनुसार जिल्ला अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको छ । अस्पताल सिल गरिएपछि त्यहाँका नागरिकलाई उपचार सेवा लिनका लागि समस्या भएको स्थानीयवासी तथा सञ्चारकर्मी विष्णु भण्डारीले जानकारी दिए ।

“अस्पतलमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छौँ”, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा मनोज विष्टले भने, “कोरोना अरू व्यक्तिमा नसरोस् भनेर सिल गरिएको हो, निको भएलगतै सबै सेवा सुचारु गर्नेछौँ ।”

उनका अनुसार सङ्क्रमित भएका सबै कर्मचारी होम आइसोलेसनमा छन् । अस्पताल सिल गरिएपछि त्यहाँका आकस्मिकबाहेकका अन्य बिरामी उपचारका लागि जिल्ला अस्पताल डोटी तथा कैलालीतर्फ जान थालेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  १० : ०८ बजे

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार