गौतम बुद्ध कप क्रिकेट : वाग्मतीलाई हराउँदै राप्ती फाइनलमा प्रवेश « Khabarhub

गौतम बुद्ध कप क्रिकेट : वाग्मतीलाई हराउँदै राप्ती फाइनलमा प्रवेश


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा वाग्मतीलाई हराउँदै राप्ती फाइनलमा प्रवेश गरेको छ ।

चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा आज भएको खेलमा राप्तीले वाग्मतीलाई ११ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

एक सय ३० रनको लक्ष्य पछ्याएको वाग्मतीले १९.४ ओभरमा ११८ रनमै सबै विकेट गुमायो ।

वाग्मतीका सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए । यस्तै अनिल शाहले २२ रन, रोहित पौडेल र ज्ञानेन्द्र मल्लले समान १३/१३ रन बनाउँदा सुनिल धमलाले ११ रन मात्र बनाउन सफल भए ।

राप्तीका कमलसिंह ऐरी, अविनास बोहरा र वसन्त कार्कीले समान दुई÷दुई विकेट लिए । राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो ।

राप्तीको लागि अमित श्रेष्ठले सर्वाधिक २६, शरद भेसावकर र विनोद भण्डारीले समान २१, कमल ऐरीले १६ तथा लोकेश बमले १५ रन बनाए । कुशल भुर्तेलले तीन, हरि चौहानले पाँच रन मात्रै बनाउन सफल भए ।

जितसँगै राप्ती एक खेलअघि नै फाइनलमा प्रवेश गरेको छ । पराजित भएपछि वाग्मती भने प्रतियोगिताबाटै बाहिरिएको छ ।

यसअघि हिजो भएको खेलमा वाग्मती टिमलाई नारायणीले सुपर ओभरमा पराजित गरेको थियो ।

अब राप्तीले फाइनलमा मङ्गलबार नारायणी टिमसँग भिड्नेछ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ११ : ४१ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक