अध्ययनले भन्छ- सानो उमेरमा कार चलाउँनेहरु धेरै कामुक ! « Khabarhub

अध्ययनले भन्छ- सानो उमेरमा कार चलाउँनेहरु धेरै कामुक !


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक अध्ययन प्रतिवेदनले कार र सेक्स लाइफबीचको सम्बन्ध धेरै नजिक रहेको पत्ता लगाएको छ ।

अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरुका अनुसार कुनै मानिसले सानै उमेरमा कार किन्यो भने उसको अभिमान बढ्ने गरेको बताएको छ ।

कार उसका लागि स्टेटस सिम्बोल बन्ने र जोडीलाई त्यही कुराले पनि आकर्षित गर्ने कुरा अध्ययनबाट पत्ता लागेको हो । अध्ययनका अनुसार, कम उमेरमा कार चलाउँहरूको यौन इच्छा र यौनकर्मको सम्भावना दुवै बढ्ने गरेको पत्ता लागेको छ ।

मेक्सिकोमो कोलिमा विश्वविद्यालयका अनुसन्धाताहरूले गरेको यस अध्ययनले कार हुने मानिसमा यौन इच्छा धेरै हुने गरेको पत्ता लागेको हो । अध्ययनका प्रमुख डेभिड हर्नान्डेजले किशोर अवस्थामै कार चलाउँदा त्यसले सेक्सुअल इन्हान्सरको काम गर्ने र महिलाहरूले पनि कार भएको पुरुषलाई महत्त्व दिने गरेकोले योन इच्छा धेरै हुने गरेको बताएका हुन् ।

सेक्सुआलिटी रिसर्च एण्ड सोसल पोलिसी नामक जर्नलमा प्रकाशित यस अध्ययनका लागि अनुसन्धानकर्ताहरूले पश्चिमी मेक्सिकोको विश्वविद्यालयका १७ देखि २४ वर्ष उमेरका ८०९ विद्यार्थीसँग यौनजीवनका विषयमा सोधपुछ गरेका थिए ।

त्यसक्रममा विद्यार्थीहरूसँग उनीहरूको यौन व्यवहारका साथै सामाजिक र आर्थिक पक्षका विषयमा प्रश्न सोधिएको थियो । त्यसपछि विद्यार्थीहरूलाई दुई समूहमा बाँडेर अनुसन्धान थालिएको थियो ।

एकथरीसँग कार थियो भने अर्काथरीसँग कार थिएन । अध्ययनमा कम उमेरमा कार किन्ने र चलाउँनेहरुमा यौन इच्छा धेरै रहेको पाइयो । साथै उनीहरूले कम उमेरमै सेक्स गर्ने सम्भावना बढी थियो ।

कार नभएका मानिसभन्दा कार भएकाहरूले दुईगुणा बढी सेक्स गरेको अध्ययनको निष्कर्ष थियो । उनीहरूका सेक्सुअल पार्टनर पनि बढी थिए ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ९ : ४३ बजे

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खेतीबालीको समस्या समाधान

कांग्रेसले संसद्‍मा सोध्यो : जेन-जीका नाममा सिंहदरबार र संसद् भवन किन जलाइयो ?

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले गत भदौ २३ र

विभेदको कुरा गर्छौँ सदनभित्रै विभेद भयो : हर्क साम्पाङ

काठमाडौं– प्रतिनिधि सभामा आफ्नो पार्टीलाई छोटो समय दिएकोमा श्रम संस्कृति

राष्ट्रिय हितमा सरकारलाई सहयोग हुने छ : सांसद आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले राष्ट्रिय हितको विषयमा सरकारलाई सहयोग

रवि र बालेनलाई वर्षमानले भने, ‘हामीले बहुमत सदुपयोग गर्न सकेनौँ, शिक्षा लिनू’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले सरकारलाई रचनात्मक